क्यान इन्फोटेकमा दृष्टिविहीन नागरिकको प्रविधिमा पहुँच प्रर्दशनीबारे

काठमाडौंको भृकुटीमण्डमा चलिरहेको क्यान इन्फोटेकमा सहभागी हुदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने स्टल न ८० मा पस्न नभुल्नुहोला । कारण सो स्टलमा अलिक पृथक प्रदर्शनी भइरहेको छ । त्यहाँ पुगेर फर्कनेहरु एउटा छुट्टै भावुकता, आत्मबिश्वास र दृष्टिबिहिन नागरिकप्रतिको दृष्टिकोण बदलेर फर्कने गरेका छन् । त्यहाँ पुगेर फर्कदै गर्दा दृष्टिबिहिन अपाङगता भएका नागरिक खासै केहि गर्न सक्दैनन भन्ने तपाई हाम्रो धारणा खण्डित हुन्छ र संकल्पशक्ति भयो भने जसले जे पनि गर्न सकिन्छ भन्ने मान्यता बोेकेर फर्कनुहुनेछ ।

भइरहेको बृहद प्रदर्शनी अन्र्तगत स्टल न ८० मा दृष्टिविहिन नागरिकको प्रविधिमा पहुँच सम्बन्धी प्रर्दशनी प्रदान गरिदै आएको आयोजक संस्था एड्राड नेपालले जनाएको छ । प्रत्येक बर्ष  मेलामा सहभागिता जनाउँदै  संस्थाले प्रदर्शनी गर्दै आएको छ । त्यहाँ दृष्टिबिहिन युवायुवतीले प्रविधिको प्रयोग गरि अरुलाई संसार चिनाइरहेका छन् ।No description available.

आवाजको माध्यमवाट किबोर्डमा टाईप गरिएका सन्देशहरु पर्दामा र इन्टरेनटको माध्यबाट युटूयब,फेसबुक, भाइबर र हवाट्सएप जस्ता सामाजिक सञ्जालहरुमा दृष्टिबिहिन व्यक्तिहरुले तत्काल पोस्ट गरेर संसारका सवै व्यक्तिसँग संचार गरेको देख्दा दृष्टि नहुनु आफैमा बिकासको अवरोध होइन बरु यस्ता सूचना प्रविधिहरुको पहुँचयुक्त रुपमा प्रयोग गर्न नपाउनु चाहि बिकासको बाधक मान्न सकिन्छ ।

नेपालमा करिब चार लाख व्यक्तिहरु दृष्टिबिहिन अथवा न्यून दृष्टियुक्ति रुपमा रहेका छन् । शिक्षाको पहँचमा ज्यादै कम करिवव ४२ प्रतिशत मात्र दृष्टिबिहिन बालबालिकाहरुको बिद्यालयमा पहँच रहेको छ । करिव ४५ प्रतिशत दृष्टिबिहिन व्यक्तिहरुले मात्र सार्वजानिक सेवामा प्रवेश पाएका छन् । जुन औषत रोजगारी भन्दा ज्यादै न्यून रहेको छ ।

No description available.

शिक्षा, रोजगारी र स्वास्थ्य क्षेत्रमा दृष्टिबिहिन व्यक्तिहरुको पहँच अभिवृद्वि गर्न प्रविधिको प्रयोगलाई यस्ता व्यक्तिको पहँचमा ल्याउन अत्यन्त जरुरी मानिन्छ । अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपाल एड्राड नेपाल नामक संस्था स्थापना गरेर नेपाली अपाङ्गता आन्दोलनका एकजना अगुवा व्यक्तित्व डा बीरेन्द्र राज पोखरेलले आफु दृष्टिबिहिन भएतापनि सम्पूर्ण नेपाली दृष्टिबिहिन नागरिकको सूचना प्रविधिमा पहुँच दिलाउन निरन्तर प्रयास गरिरहेका छन् ।

बिगतमा झै यस बर्ष समेत क्यान इन्फोटेकमा २०२२ मा दृष्टिबिहिन व्यक्तिहरुको सूचना प्रविधको प्रयोग र यसको आवश्यक्तताबारे प्रचार प्रसार भइरहेको छ । यसबाट पहंचयुक्त सूचना प्रविधिको प्रयोगको प्रचार प्रसार मात्र होइन दृष्टिबिहिन नागरिकलाई नबिनतम सूचना प्रविधिको बारेमा जानकारी दिने र अनलाईन पुस्ताकालयहरुमा निुशल्क पहुँच दिलाई शिक्षा प्रर्वद्वनमा योग्दान पुग्ने गरेको छ । एच ८० न को स्टलको प्रदर्शनीको मर्म सो कारण पनि पृथक छ कि दृष्टिबिहिन भाइ बहिनीहरु हार्दिकतापूर्बक स्वागत गर्छन, प्रविधिबारे अन्य दृष्टिबिहिन तथा दृष्टियुक्त नागरिकलाई सरलताका साथ बुझाउन उत्साहित देखिन्छन् । उनीहरुको उत्साह, शालिनता, नम्रता र जीवनप्रतिको सकारात्मक दृृष्टिकोण देख्दा बाहय दृष्टि भन्दा भित्री दृष्टिको प्रकाश कति हो कति उज्यालो महशुश हुन्छ । उनीहरुले तपाईलाई एप्लीकेशन मार्फत पुस्तक पढने, इव्याकिंङमार्फत बैंकको खाता सञ्चालन गर्ने, ई सेवा र वालेटको प्रयोग गरेर अनलाइएन सामान खरिद गर्ने, एप्सको प्रयोग गरि मुद्रा पहिचान गर्ने, टुटल र पठाओ जस्ता सवारी सेवाहरु प्रयोग गर्ने कार्य गर्न सक्छन् ।

यतिमात्र होइन दृष्टिबिहिन व्यक्तिहरु आफ्नो  सुरक्षाका लागि यस्ता एप्सहरु पनि प्रयोग गर्न सक्छन् जसबाट तत्काल सहयोग प्राप्त गर्न, प्रकोपको जोखिम पहिचान गर्न र गुगल म्यापको प्रयोगबाट आफु रहेको स्थान र जानुपर्ने स्थानको बाटो पहिल्याउन समेत सक्दछन् । यो स्टलमा आइसीभीआई र वल्र्ड एजुकेशन नामक संस्थाको सहकार्यमा सूचना सम्प्रेषणका लागि आयोजक संस्था एड्राड नेपालको सहकार्य रहेको छ । दृष्टिबिहिन भाइबहिनीहरु कुशल न्यौपाने, मधुसुदन घिमिरे, आदित्य शेपा, प्रतिक्षा चापागाई, जलदिप सापकोटा, जलशा सापकोटाको सूचना र प्रविधिमा दृष्टिबिहिन नागरिकको पहुँचबारे बुझाउन उत्साहित देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *