नैतिकता, सीप र पर्यटन प्रवर्द्धनमा बौद्धगुम्बा

काठमाडौं । विविध धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिएको मुलुक नेपालमा बौद्ध धर्म र यसको प्रतीक गुम्बाहरूले हाम्रो समाजमा गहिरो प्रभाव पारेका छन् ।

बौद्ध गुम्बाहरू केवल धार्मिक आस्था र ध्यानको केन्द्र मात्र नभई  समाजमा नैतिकता, सीप विकास र पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने धार्मिक सम्पदा हुन् । जसमा शान्ति, सहिष्णुता, सत्यता र करुणाको महत्व बारेमा शिक्षा दिइन्छ  ।

धेरै बौद्ध गुम्बामा चित्रकला, मूर्तिकला, मन्त्रोच्चारण, ध्यान विधि, भाषा (संस्कृत, पालि, तिब्बती) आदि तालिमहरू गराउने गरिएको छ ।  यस्ता सीपहरूले व्यक्तिको आत्मनिर्भरता बढाउँनुका साथै परम्परागत ज्ञानको संरक्षणमा सहयोग पु¥याउँछन् । विशेषगरी महिला र बालबालिकाहरूका लागि यस्ता कार्यक्रमले आर्थिक तथा सामाजिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

 त्यस्तै बौद्ध गुम्बाहरू नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनेका छन् । स्वयम्भूनाथ, बौद्धनाथ, कपिलवस्तु, लुम्बिनी जस्ता ऐतिहासिक स्थलहरू लाखौं आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बनेका छन् । यी स्थलहरूमा पर्यटकको आगमनले स्थानीय व्यापार, यातायात, होटल तथा हस्तकलाको व्यवसायलाई समेत बढाएको छ । गूम्बाहरूमा धामिक कर्मकाण्डसँगै नैतिकता,सीप र पर्यटन प्रवद्र्धनको पक्ष जोडिएको छ । मानिसहरू एकान्तमा बसेर अध्ययन गर्ने, बुद्धको दर्शन र व्यवहारिक ज्ञान प्रदान गर्ने गर्दछन् ।

भगवान गौतम बुद्धले आफ्नो विलासीता त्यागेर २९ वर्षको उमेरमा घर छोडेर गरेको अध्यात्म र तपस्याका कारण बुद्धत्व प्राप्त गरेको इतिहास छ । उनको अध्यात्म र तपस्या पश्चात प्रतिपादन भएको दर्शनले यतिबेला विश्वको ध्यान खिचेको छ । विदेशीहरु भौतिक विकासमासम्पन्न भएपनि सत्य, शान्ति र मुक्तिको खोजीमा लाग्दा २६ सय वर्ष अघि बुद्धले प्रतिपादन गरेको दर्शनमा त्यो शान्ति र मुक्ति छ भन्ने विश्वासकासाथ गुम्बाको संरक्षण र व्यवस्थापनमा उनीहरूले चासो बढाएका छन् ।बुद्धको मुर्ति र सुनौलो अक्षरले लेखेका मुल्यवान धार्मिक ग्रन्थहरुको संरक्षण, सम्बद्र्धन र रेखदेख सम्बन्धीत गुम्बाहरुले नै गर्ने गरेका छन् ।

नेपालको सबैभन्दा पुरानो सम्प्रदायको गुम्बा ञिङपा गुम्बा हो । यस अन्तर्गत २ हजार २९२ वटा गुम्बाहरु रहेका छन् । त्यस्तै कग्र्युया अन्तर्गत २ सय ९६ वटा गुम्बा, साक्यपा अन्तर्गत १ सया ७ वटा र गेलुक्पा सम्प्रदायको ४१ वटा गुम्बाहरु रहेका बौद्ध गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोंङले जानकारी दिए ।

गुम्बा विकास समितिका अनुसार दर्ता भएका गुम्बा र विहार नेपालका ६४ वटा जिल्लामा रहेका छन् । जसमा प्रदेश नम्बर एकका १४ जिल्लामा ५१३ वटा, प्रदेश नम्बर २ का ८ जिल्लामा ११५ वटा, बाग्मती प्रदेशका १३ वटा जिल्लामा १६२९ वटा, गण्डकी प्रदेशका १० वटा जिल्लामा ३०५ वटा, प्रदेश नम्बर ५ का १० जिल्लामा ६२ वटा, कर्णाली प्रदेशका ५ जिल्लामा२१३ वटा र सुदुरपश्चिम प्रदेशमा ५ जिल्लामा २९ वटा गुम्बाहरु रहेका छन् ।दर्ताभएका गुम्बाहरुमध्ये १ हजार वर्षभन्दा पुराना गुम्बाहरुको सङख्या ३२ वटा रहेको गुम्बा विकास समितिको तथ्यांकमा उल्लेख छ । त्यस्तै ५ सयदेखि १ हजार वर्षसम्म पुराना गुम्बाहरु १ हजार ७र १ सयदेखि ५सय वर्ष पुराना गुम्बाहरु ४४० वटा गुम्बा रहेका छन् ।  त्यसैगरी १ सय वर्षभन्दा पुरानो गुम्बाहरु २ हजार २४४ वटा र स्थापना मिति उल्लेख नभएका गुम्बाको संख्या ४३ रहेका छन् । स्थानीय तहमा दर्ता भएका गुम्बाहरुको मर्मत र संम्भार र संरक्षणका लागि गुम्बा व्यवस्थापन केन्द्रले  अनुदान समेत दिने गरेकोदोंङको भनाई छ ।

के गर्दै छ गुम्बा विकास समिति?

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले तीन हजार एकसय ७५ गुम्बालाई मान्यता दिएको छ ।देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी १०५ गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको समितिले जनाएको छ ।  लामा धर्म गुरुको बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक होमबहादुर दाेंङले जानकारी दिए ।

उनका अनुसार बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, संवद्र्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्च वर्षीय रणनीतिक योजना तयार गरी त्यसैका आधारमा भौतिक रुपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गरिएको छ ।समितिले बौद्ध दर्शनको संरक्षण, प्रवद्र्धन तथा नेपालमा रहेका गुम्बा, विहार, वहा, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै तीनको व्यवस्थित सञ्चालनका लागि देशमा रहेका गुम्बा तथा बहाः बहीको दर्ता गर्दै आइरहेको छ । बौद्ध दर्शनको संरक्षण, विकास र बौद्ध धर्म संस्कृतिको संवद्र्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारको संरक्षण संवद्र्धन तथा बुद्धको शान्तिका सन्देशलाई मानवहितका लागि उपयोग गर्ने नीति समितिले लिएको छ ।बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बा, बिहार तथा लामा, भिक्षु, भिक्षुणीहरूलाई आत्म निर्भर बनाउनका लागि विभिन्न प्रकारका सीपमूलक तालिम पनि यस समितिले सञ्चालन गरेको जनाएको छ ।

पूनःनिर्माण सहयोग

समितिको तथ्याङ्कअनुसार भूकम्पबाट देशभरका १ हजार तीन सय १८ गुम्बा क्षतिग्रस्त भएका थिए । तिनको पुनःनिर्माण संरक्षण तथा सम्बद्र्धनका लागि अनुदान दिएर पूनःनिर्माणमा सहयोग गरेको छ । १ सय वर्ष पुगेका सम्पदा पुनःनिर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनःनिर्माण गर्ने प्रावधानभित्र रहेर अनुदान पाउने गुम्बाको सूचीसमेत समितिको व्यवस्थित राखेको कार्यकारी निर्देशक दाेंङले जानकारी दिए ।  उक्त तथ्यांक अनुसार सबैभन्दा बढी सिन्धुपाल्चोकका १ सय ५४ वटा रहेका छन भने गोरखाका ७९, रामेछापका ६३, धादिङका ६८, काभ्रेपलाञ्चोकका ८१, रसुवाका ४५, मकवानपुरका ८०, नुवाकोटका ९५, दोलखाका ७५, ओखलढुङ्गाका १७, सिन्धुलीका ३९, चितवनका ३९ गुम्बा तथा बिहार अनुदानको सूचीमा राखिएको छ ।त्यस्तै नवलपरासीका ९, कास्कीका ५, बाग्लुङको १, तनहुँका १४, खोटाङका १३, भोजपुरका १७, धनकुटाका ६, सोलुखुम्बुका ४९, लमजुङका १४, संखुवासभाका ११, काठमाडौँका १४, ललितपुरका ११ र भक्तपुरका २ गुम्बा÷बिहार अनुदानको सूचिमा सूचिकृत छन् ।

विभिन्न तालिम प्रदान

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्धन तथा नेपालमा रहेका गुम्बा,विहार, वहा, वही लगायत बौद्ध सम्पदाहरुको संरक्षण र तिनको व्यवस्थापनका लागी बौद्ध धर्म र अध्ययनसंग सम्बद्द व्यक्तिहरुलाई वार्षिक रुपमा सोवा रिग्पा (आम्ची), मुर्ती निर्माण, गुम्बा व्यवस्थापन, थान्का लेखन लगायत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै अनुसार समितिको आयोजनामा थाङ्का लेखन तालिम गरिएका छन् । ककनीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले एक महिने थाङ्काा तालिम गरिएको समितिका कार्यकारी निर्देशक होम दाेंङले जानकारी दिए ।तालिममा मोहन दोंङ, भुवनदास तामाङ, निपुण तामाङले थाङ्का प्रशिक्षण दिएका थिए भने ताप्लेजुङ, सोलुखुम्बु, धादिङ, नुवाकोट, रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागीता रहेको उनले बताए । ‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेका थियौं । तालिममा सहभागीले सीप र ज्ञान सिकेर व्यावसायिक रूपमा अघि बढ्न सहयोग पु¥याएको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *