विमानस्थलमा लाजमर्दो ‘ग्याङफाइट’ !



काठमाडाैं । मुलुककै सबैभन्दा संवेदनशील मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो साता लाजमर्दो घटना सार्वजनिक भयो । नेपाली जनताको करको पैसाबाट तलब खाएका दुई सरकारी कर्मचारीबीचको हात हालाहालको अवस्था तमाम् विश्वले देख्ने अवसर पायो ।

लामोसमयदेखि तस्करी र घुसखोरीका कारण बदनाम कमाइरहेको विमानस्थलमा कार्यरत अध्यागमन विभागका अधिकृतलाई प्रहरीले शरीर खानतलासी लिने क्रममा भएको विवाद अन्ततः लात्ती हानाहानको अवस्था सम्म पुग्यो ।

अधिकृतस्तरमा जागिर खाएको मानिसले एउटा जुनियर प्रहरीले आफ्नो कर्तव्य पालनाका लागि चेकजाँच गर्नुपर्ने दायित्वलाई निर्वाह गर्नलाग्दा अनावश्यक रुपमा झगडा गर्नु कत्तिको जायज हो ? त्यहीमाथि पनि उनकै सहकर्मी घुसखोरीमा मुछिएर जेलको चिसो छिँडीमा रात बिताइरहेको अवस्था छ । अहिले उनीजस्तै अन्य केही अध्यागमन अधिकृतहरु ‘फरार’को सूचीमा रहेका छन् । प्रहरीको नजरमा भिजिट भिषा प्रकरणमा संलग्न रहेको सूचनाको आधारमा पक्राउ पूर्जी लिएर खोजी रहेको छ ।

एउटा जुनियर प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालनाका लागि शरिर खानतलासी गर्नु सामान्य कुरा हो । त्यसका लागि अधिकृत भइसकेर मुलुककै संवेदनशीलमा देशी/विदेशीहरुको सेवा गर्न बसेका कर्मचारीले सहयोग गर्नुपर्ने हो । यदि प्रहरीले कसैलाई खानतलासी बिना पठाएको पाइएमा उल्टै प्रहरीलाई खानतलासी गर्न लगाउनुपर्ने उनै अधिकृत विवादमा उत्रिनु पक्कै पनि आम निजामति कर्मचारीहरुको शीर निहुरिनुपर्ने हो ।

अधिकृतस्तरमा जागिर खाएको मानिसले एउटा जुनियर प्रहरीले आफ्नो कर्तव्य पालनाका लागि चेकजाँच गर्नुपर्ने दायित्वलाई निर्वाह गर्नलाग्दा अनावश्यक रुपमा झगडा गर्नु कत्तिको जायज हो ? त्यहीमाथि पनि उनकै सहकर्मी घुसखोरीमा मुछिएर जेलको चिसो छिँडीमा रात बिताइरहेको अवस्था छ ।

त्यही कार्यालयमा कार्यरत करिब दर्जन कर्मचारी मानव तस्करीमा मुछिइरहेकोमा अध्यागमन कार्यालय प्रमुखले माफी माग्नुपर्नेमा उल्टै ‘मैले पनि लात्ती खाएँ’ भन्दै सुनाउँदै हिँडेका छन् । सार्वजनिक भएको सिसि टिभि फुटेजमा त्यहाँ सरासर अध्यागमन अधिकृतको गल्ती देखिएको छ । उनले प्रहरीको आग्रहलाई उल्लंघन गर्दै अगाडि बढ्न खोजेपछिमात्र प्रहरीले उनलाई रोकेको देखिएको छ ।

त्यस घटनालाई अध्यागमन प्रमुखले आफ्ना मातहतका कर्मचारीलाई तुरुन्त एक्सन लिनुपर्नेमा उल्टै आफूसमेत पीडित भएको भनेर वक्तव्यबाजी गरिरहनु पक्कै पनि शोभनिय विषय होइन । हुनत उनै अध्यागमन प्रमुख पनि अहिले पछिल्लो समय नक्कली लाइसेन्स वितरणमा संलग्न रहेकोले अख्तियारको छानबिनमा परिरहेका व्यक्ति हुन् ।

लामोसमयदेखि विमानस्थलमा प्रहरीले शान्ति सुरक्षा र चेकजाँचको काम गरिरहेकोले ती अध्यागमन अधिकृतले प्रहरीलाई नटेरेको हुनसक्छ । या, उनीसँग केही अवैध कागजात भएकै कारणले खानतलासी गर्न नदिएको हुनुपर्दछ । पछिल्लो समय सरकारले विमानस्थलमा पनि सशस्त्र प्रहरी बललाई खटाएको छ । यो प्रहरी र कर्मचारीहरुका लागि अप्रिय लागे पनि आम जनमानसमा भने केही आशा देखिएको छ ।

विमानस्थलको उक्त घटनामा कर्मचारी र प्रहरीबीच सशस्त्रको प्रवेशको तुषलाई पनि उजागर बनाइएको हुनसक्छ । तर, त्यसका लागि छानबिन समिति गठन गरिइसकेको अवस्थामा उक्त समितिको प्रतिवेदन पर्खनु उत्तम हुन्छ । तर सामान्य अर्थमा हेर्दा ती अधिकृतको दम्भ र प्रहरी जवानको कर्तव्यपरायणको ज्वलन्त उदाहरण विमानस्थलमा देखिएको छ ।

हरी भनेको फौजी संगठन हो, आफ्नो कमाण्डरको आदेश पालना गर्नु एउटा फौजीको धर्म नै हो, त्यसैले उसले उक्त काम गरेको थियो, त्यसमा ती अधिकृतको दम्भले काम नगरेको मात्र हो । हुन त, अर्को हिसाबमा सोच्ने हो भने आफूले गरिरहेको काममा सशस्त्र प्रहरीलाई जिम्मेवारी दिँदा ‘सौता पसेको’ अनुभूति गर्दै प्रहरी आवेशमा आएको पनि हुनसक्छ । त्यो कुरा छानबिन समितिले नै पत्ता लगाउला । यस विषयमा अध्यागमन प्रमुख र विमानस्थल प्रहरी प्रमुख २ जना बसेर समस्याको समाधान गरिएको भए उत्तम हुन्थ्यो ।

कर्तव्य पालनाको क्रममा एउटा जुनियर कर्मचारीमाथि भएको हातपातबाट बचाउनका लागि संगठनका अन्य सिनियर र साथीहरु आउनु कुनै अशोभनीय कार्य होइन । प्रहरी भनेको फौजी संगठन हो, आफ्नो कमाण्डरको आदेश पालना गर्नु एउटा फौजीको धर्म नै हो, त्यसैले उसले उक्त काम गरेको थियो, त्यसमा ती अधिकृतको दम्भले काम नगरेको मात्र हो । हुन त, अर्को हिसाबमा सोच्ने हो भने आफूले गरिरहेको काममा सशस्त्र प्रहरीलाई जिम्मेवारी दिँदा ‘सौता पसेको’ अनुभूति गर्दै प्रहरी आवेशमा आएको पनि हुनसक्छ । त्यो कुरा छानबिन समितिले नै पत्ता लगाउला । यस विषयमा अध्यागमन प्रमुख र विमानस्थल प्रहरी प्रमुख २ जना बसेर समस्याको समाधान गरिएको भए उत्तम हुन्थ्यो । अब यसै घटनाले गर्दा देशभर सञ्जाल भएका कर्मचारीको संगठन र प्रहरीबीच वैचारिक द्वन्द निम्तिन सक्दछ । यसलाइ कतिपय कर्मचारी संगठनहरूले राजनीतिकरण गर्ने प्रयास पनि गरेका छन् । जसले गर्दा एउटा जुनियर प्रहरी त्यसको शिकार बन्ने सम्भावना प्रबल देखिएको छ ।

उसै त प्रहरीका तल्ला तहका कर्मचारीमा बढ्दो नैराश्यता देखिइरहेको पछिल्लो परिवेशमा यस्ता घटनाले थप हतोत्साही बनाउने स्पष्ट छ ।

बाहिरि नजरले हेर्दा ती अधिकृतलाई कारबाही गरेर ती प्रहरीको भन्दा अधिकृतको दायित्व र बढी जिम्मेवारी हुनु पर्दछ, सोही अनुसारको जिम्मेवारी महसुस नगरी ‘ग्याङफाइट’ मै उत्रिएर विश्वसामू लाजलाग्दो व्यवहार गर्नु पक्कै उपयुक्त होइन । भलै त्यहाँ खटिएका जुनियर प्रहरीको गल्ती भए पनि ठूला भनिएका अधिकृतले केही संयमता नअपनाई उल्टै भिडन्तमा उत्रिनु झन् ठूलो मूर्खता हो ।

हुन त विमानस्थलको यस घटनालाई ‘ग्याङफाइट’ को संज्ञा दिन मिल्दैन होला, तर पनि अध्यागमन प्रमुखसहित सिसिटिभि कक्षमा प्रवेश गरेर गरिएको हुलदंगा र त्यहाँका कर्मचारीमाथिको हातपातलाई यो नै अनुपयुक्त नाम हो भन्न सकिँदैन ।