सशस्त्र प्रहरी संस्थापक आईजी श्रेष्ठले देखाएको बाटोमा अघि बढीरहेको छः आईजी अर्याल

जन्मस्थानमा सशस्त्र संस्थापक आईजी कृष्णमोहन दम्पतीको अर्थकदको शालिक अनावरण



काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरिक्षक रहेकै बखत माओवादीद्वारा मारिएका स्व. कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी नुडुप श्रेष्ठको अर्थकदको शालिक अनावरण गरिएको छ ।

स्वर्गीय श्रेष्ठको जन्मस्थान संखुवासभाको चैनपुरमा निर्माण सम्पन्न गरिएको उनीहरु दुवै जनाको अर्धकदको शालिकको सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले मंगलबार अनावरण गरेका हुन् ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङ,  उपप्रमुख एलिना श्रेष्ठ, स्वं कृष्ण मोहन श्रेष्ठकी बहिनी तथा प्रतिष्ठानकी अध्यक्ष  निर्मला प्रधान, परिवारका सदस्य, प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल, , जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

यसैगरी पूर्व प्रहरी महानिरीक्षक (आईजी) कुबेर सिंह राना, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई,  सशस्त्र एआईजी बंशीराज दाहाल,  सशस्त्र प्रहरी पूर्व संघका अध्यक्ष सशस्त्र प्रहरी पूर्व अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा, नम्बर १ बाहिनीका बाहिनीपति कुमार न्यौपाने, पूर्व नायब महानिरीक्षक दिलीप कुमार श्रेष्ठ, खड्ग बहादुर राई समेतको उपस्थिति रहेको थियो ।

May be an image of 5 people and text

उक्त अवसरमा सशस्त्र आईजी अर्यालले सशस्त्र प्रहरी बलका संस्थापक आईजी स्व. कृष्ण मोहन श्रेष्ठको योगदानको चर्चा गरेका थिए । अर्यालले स्वर्गीय श्रेष्ठले देखेको सपना साकार पार्न सरकारले सुम्पिएको दायित्वहरुलाई इमानदारीपूर्वक पूरा गर्न संगठन अहोरात्र खटिंदै आएको र संगठनमा आवद्व राष्ट्र सेवकले मन, वचन र कर्मका साथ कर्तव्यपथमा प्रभावकारी रुपमा भूमिका निर्वाह गर्न सकेको खण्डमा दिवंगत श्रेष्ठप्रति सही सम्मान हुने धारणा समेत राखेका थिए ।

उनले संस्थापक महानिरीक्षक श्रेष्ठले देखाएको बाटोमा सशस्त्र प्रहरी बल अघि बढिरहेको समेत बताए ।

May be an image of 4 people and text

कार्यक्रममा चैनपुर नगरपालिका प्रमुख तामाङ, सशस्त्रका पूर्व आईजी दुर्ज कुमार राई, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष नारायण बाबु थापा, उपमेयर एलिना श्रेष्ठ समेतले बोलेका थिए ।

प्रथम महानिरीक्षक स्व. कृष्ण मोहन श्रेष्ठको जन्मस्थानमा वर्तमान महानिरीक्षक पुग्नु एक प्रकारको ठूलो सम्मानको रुपमा लिइएको छ । त्यसअघि सशस्त्र आईजी अर्याल चैनपुर आउँदा नगरवासीले स्वागत गरेका थिए । उनले चैनपुर टोलमा पैदल हिंडेर स्व. कृष्ण मोहन श्रेष्ठको जन्मघर रहेको स्थान, उनले पढ्नु र पढाएको स्कुल, बहालवाला र पूर्व सशस्त्र प्रहरीका अधिकृतहरुको घरको अवलोकन समेत गरेका थिए स्व। श्रेष्ठका परिवारजनसँग पनि भेटघाट गरेका थिए ।