रोटरीको आयोजनामा ‘माई क्यारियर भिजन’ प्रतियोगिता सम्पन्न



ललितपुर । रोटरी क्लव अफ जावलाखेल र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा बिहीबार माई क्यारियर भिजन विषयक प्रतियोगिता सम्पन्न भएको छ ।

बिद्यार्थीमा भविष्यमा आफु के बन्ने, किन बन्ने भन्ने लक्ष्य निर्धारणका सन्दर्भमा प्रतियोगिता केन्द्रित रहेको थियो ।

बिद्यार्थी, बिद्यालय र स्थानीय सरकारलाई क्यारियरको महत्वबारे बुझाउने, विद्यार्थीलाई के मा आफ्नो क्यारियर सुरक्षित र सुन्दर हुन सक्छ भन्ने बारेमा अध्ययन एवं अनुसन्धानका लागि प्रोत्साहन गर्ने, बिद्यार्थीमा प्रस्तुति एवं वाककलाको विकास गर्ने, स्वास्थ्य प्रतिस्पर्धाको संस्कार बसाल्ने र रोटरी जस्ता सामाजिक संस्थालाई जीवन विज्ञानको एक महत्वूर्ण पाटो विद्यार्थीको क्यारियर विकासमा जोडदै लानु कार्यक्रमको मर्म रहेको जानकारी दिइएको थियो ।

ललितपुरको पाटनढोका स्थित पाटन माध्यमिक बिद्यालयमा आयोजना गरिएको प्रतियोगितामा ललितपुरका दश सरकारी तथा सामुदायिक बिद्यालयका २८ जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा आदर्श शौल युवक माध्यमिक बिद्यालयकी ल्हकी शेर्पा प्रथम, सोही बिद्यालयकै प्रास्ता विष्ट दोस्रो र प्रभात माविकी आइसा अन्सारी तृतीय भएका थिए ।