कांग्रेसमा अनुशासनको कारबाहीः ‘बेला न कुवेला बजि नेला !’
केही दिन अगाडी कांग्रेस अनुशासन समितिले तीन बर्ष अघि अन्तरघात गरेको निहुँमा केहि नेता तथा कार्यकर्ताहरूलाई कारबाही गरेको पत्र थमाएको छ।
चुनाव होस् या अन्य बेला पार्टी अनुशासनमा नबस्नेहरूलाई कारबाही गर्न अति आवश्यक हुन्छ नत्र भने अनुशासनहिनता बढ्न सक्छ । कांग्रेस आँफुलाई लोकतांत्रिक पार्टी मान्छ र तुलनात्मक रूपमा अन्य राजनीतिक पार्टी भन्दा लोकतांत्रिक पार्टी पनि हो। तर पनि पार्टी अनुशासनमा कांग्रेस पछिल्लो चरण लोकतांत्रिक बन्न भने सकेको छैन।
गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन खोजेको भनेर जुन एक पक्षिय कुरा सुनेर कारबाहीको दायरामा ल्याईएको छ त्यो हेर्दा यो कारबाही गर्ने अनुशासन समिति नै आँफु अनुशासनमा नबसेको भान हुन्छ।
लोकतांत्रिक पार्टीका कार्यकर्तालाई सहि बाटोमा हिँडाउन, राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई कारबाही गर्न सहि र उचित समयमा ध्यान दिने र गर्ने गर्नु पर्छ। आँफुलाई र आफ्नो गुटलाई जुन बेला कारबाही गर्दा फाईदा पुग्छ त्यो बेला गर्नु भनेको बेला न कुवेला बजि नेला जस्तै हो।
देशैभरिका विभिन्न निर्वाचन क्षेत्रका विभिन्न पदमा रहेका कांग्रेस नेता तथा कार्यकर्तालाई कारबाही गरिएको पत्र थमाइएको छ तर पनि हाल सबै भन्दा बढी चर्चा र डामाडोल भने नवलपरासी कांग्रेसमा भएको छ । प्रदेश सभापतिलाई केन्द्रले निष्कासित गरेको बदलामा जिल्लाले पनि डण्डा चलाएको छ। यो जिल्ला यसरी बढी चर्चामा रहनुको मुख्य कारण भनेको नेपालका एकमात्र अरबपति व्यापारी विनोद चौधरीले उक्त जिल्लामा राजनीति गर्नु र आँफ्नो बलियो उपस्थिति निर्माण गर्न खोज्नु पनि हो।तसर्थ हाल यस लेखमा चर्चा पनि उक्त क्षेत्र र जिल्लाको नै गर्ने जमर्को गरिएको छ।
भलै नवलपरासी कांग्रेस मजबूत गराउन उन्को ठुलो भूमिका भए पनि कुनै राजनीतिक हैसियत र सुझबुझ नभएका अनि प्रायोजित गरिएका कार्यकर्ता भनौंदाहरूसँग बसेर पार्टीका आधिकारिक र बलिया उम्मेदवार विनोद चौधरी हराउनुपर्छ भनेर बोल्नु जस्ले जति बचाउ गरे पनि लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालको गल्ती नै थियो, त्यस्मा कुनै शंकै भएन।
चौधरीलाई हराऔं भनेर अल्लारे केटाहरूसँग बोलेको अडियो रेकर्डिंग बाहिरिएको तीन बर्षपछि बिक्रम खनाललाई कांग्रेसले कारबाही गरेछ । जुनबेला न कुवेलाको निर्णय हो र थोर बहुत चौधरीको इगो हट पनि हो । यस्को परिणाम खासै शुभ नहुन पनि सक्छ स्वयंम चौधरीको राजनीतिक यात्रा र नवलपरासी कांग्रेसलाई पनि।
शुरूवाती दिनलाई छोडेर त्यो बेतुके बोली बाहिरिएपछि खनालजीले आफ्नै निर्वाचन क्षेत्रका चौधरी र अर्को क्षेत्रका उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउन कुनै ठुलो खेलेको र खेल्न सकेको देखिएको थिएन। त्यसरी गेम खेल्न नचाहेर हो या नसकेर त्यो उनि नै जानुन् । यो यथार्थ अरूले देखे या नाई मैले नजिकबाट नियाल्दा देखेको थिईन ।
उनको अडियो आउट भएपछि बरू नैतिक दबाब परेर खनाल तटस्थै बसेका थिए जस्तो लाग्छ मलाई । किन कि उनले के गरिरहेका छन् नजिकैबाट मैले नियाल्ने जमर्को गरेको थिएँ।
आफ्नै श्रीमतीको भोट पनि काबुमा राख्न नसक्ने एक्ले बाँदरहरू जस्ताले आफ्नै एक भोट पनि कांग्रेसलाई नदिएर माईक र घण्टीमा हाल्ने अनि कोर टीम बनेर आए आँप गए झटारो गर्नेहरूको जमात पनि नदेखेको भने होईन चुनाव ताका र अहिले पनि । केहि त्यस्तैहरू सबैभन्दा स्वच्छ सफा र मिहनेती कांग्रेस जस्तो देखिएर हिँडेका छन् ।
राजनीतिक क्षेत्रमा भन्दा पनि व्यबस्थापन कलामा चातुर्यता भएका चौधरीजीलाई, नवलपरासीको बलियो कांग्रेसी संगठन, नयाँ अनुहार, व्यवसायीक पृष्ठभूमि र उन्को बलियो भाग्यका कारण सहज जीततर्फ लग्यो।
चुनाबताका भन्दा चुनावी अन्तर्घातको द्वन्द्व नवलपरासी कांग्रेसमा अहिले बढेको देखिन्छ। चौधरी पक्ष पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन विक्रम खनालले रोल खेलेको अडियो समेत बाहिरिएको भन्ने कुरालाई उछालेको छ भने खनाल पक्षले आँफुहरूले निर्माण गरेको संगठनमा आएर चौधरीले खेल खेलेको संगठन विगारेको र विक्रम खनालले पाउनु पर्ने उम्मेदवारी पैसाको बलमा चौधरीले हत्याएको दोष लगाउने गर्दछन्। यहि आपसी द्वन्द्वले नवलपरासी कांग्रेसलाई अहिले गिजोलेको छ।
पूर्वी नवलपरासी -२ (नवलपुर) मा चुनावी तयारी थालेका चौधरी कसरी अचानक उता गए ? कसरी टिकट पाए ? त्यस्को अर्कै अन्तरकथा छ । यस्मा अहिले आएर टिकट किने या बेचे भनेर दोषारोपण गर्नु राम्रो कुरा होईन । र चुनावमा विक्रम खनालले अन्तर्घात गरे भनेर तीन बर्षपछि त्यो पनि चुनाव जितेका उम्मेदवारले दोष लगाउनु पनि बेला न कुबेलाको राग हो जस्तो मलाई लाग्दछ।
नवलपरासीको चुनावी अन्तरघातको विषयमा बुझ्न पर्ने कुरा के छ भने अन्तर्घातले चौधरीजीले हार्ने थिए भने टीम भित्रै बसेर फाईदै फाईदा लिएर पनि घात गर्नेहरू धेरै थिए । क्षमताले नपुगेर मात्र हो, नत्र तिनिहरूले नै हराउने थिए विनोद चौधरीजीलाई । अनि दोष सबै विक्रम खनाललाई दिने थिए । र, खनाल यसै दोषीका भागीदार बनि सकेका पनि थिए । जबकि उनले अल्लारेहरूका बीच बोली सकेका थिए- ‘चाउचाउ कांग्रेसलाई हराउनुपर्छ भनेर।’
विनोद चौधरी एक योग्य क्षमताबान पार्टी र देशकै लागी अति महत्वपूर्ण र आवश्यक व्यक्तित्व हुन् । त्यसैले उनले कांग्रेसमा राजनीतिक अवसर र साथ पाएका छन् । उनले कांग्रेसलाई नछोडेसम्म कांग्रेस र आम कार्यकर्ताले उनलाई स-सम्मान राख्ने नै छन्। त्यसैले उनले रोजेकै स्थानमा कांग्रेसले टिकट दियो र जीत हासिल गरे।
उनि धेरै कुरामा व्यवस्थित व्यवसायीक अनुसासित छन् । तर पनि राजनीतिमा जतिनै महत्वपूर्ण र शक्तिशाली व्यक्ति भए पनि व्यक्तिको देवत्करण त्यो पनि एउटा समुहले गर्नु उति राम्रो होईन। अझ भन्ने हो भने क्षमतावान् व्यक्तिलाई गरिएको अपमान हो। क्षमतावानहरूलाई देवत्करण नै आवश्यक हुन्न।
पछिल्लो चरण नवलपरासी कांग्रेसमा व्यक्तिको देवत्वकरण र दानवीकरण गर्ने जुन प्रचलन चलेको छ त्यो उति शुभ संकेत होईन। केहि व्यक्ति चौधरीलाई धुरीमा चढाएका छन् भने केहीले खनाललाई । चढाउन र गिराउन पनि दूबै पक्ष उत्तिकै लागेका छन् । हिजो चुनावमा चौधरीसँग दानापानीको चरम आसा गर्नेहरू आज उनै चौधरीलाई गाली रहेका छन् भने हिजो राजनीतिक नजान्नेहरू विक्रम खनालको औला समाएर टुकुटुकु हिडेकाहरू आज खनाललाई गाली गरेका छन् । राजनीतिको अर्थ बुझेका कार्यकर्ताहरू असल कांग्रेस कार्यकर्ताहरू यस्ता काममा लाग्दैन र लाग्नु पनि हुन्न । तर, आफ्ना निजी स्वार्थमा लागेकाहरू अलि बढी नै देवत्व करण गर्ने र नीजि स्वार्थ पुरा गराउने ध्यानमा छन् । जुन कुरा पक्कै चतुर राजनीतिज्ञहरूले बुझेका छन् होला।
सबैले बलेको आगो नै ताप्ने हो। जव चुनावी नतिजा चौधरीको पक्षमा आयो केहि स्वार्थ समुहले आवश्यकभन्दा बढि विनोद चौधरीको देवत्करण गरे र हाल पनि गरिरहेका छन् । तर, केहि यस्ता बलिया हस्ती छन् जस्ले चौधरीलाई चुनावमा जिताउन अहम् भूमिका खेले र आज पर्यन्तसम्म पनि वलियो साथ दिइरहेका छन् । अनि त्यसरी साथ दिनेहरूले कांग्रेसको परम्परा अनुसार नै चौधरीलाई कांग्रेसको एक सामान्य नेता सोच्छन् र साथ दिन्छन्। वास्तवमा लोकतान्त्रिक पार्टीमा हुनु पनि यहि पर्छ। सबैले बुझ्न यो अनिबार्य छ कि लोकतन्त्रमा देवत्वकरण सुहाउँदैन । नेता तथा कार्यकर्ता र भोटर सबै एकै हुन् । मात्र चुनावी प्रक्रियाले मात्र पदमा तलमाथी गराउने गर्छ।
चुनावी माहोल ताका सीमित व्यक्तिहरू नजिक बने या टाढा सहयोग होस गरे या असहयोग त्यो विनोद चौधरीको निर्वाचन क्षेत्रमा फरक परेन किन कि ठुलो मात्रमा योग्य असल र जुझारू कार्यकर्ता जिताउनै पर्छ भनेर लागी परे।
उता अर्को क्षेत्रका देवेन्द्र राज कंडेल भने आँफ्नै असक्षमताले हारेका हुन भन्ने आम बुझाई रहेको छ ।उनि पछिल्लो चरण कार्यकर्ता माझ रूचाईका नेता होईनन् भन्ने मेरो पनि बुझाई र ठम्याई रहेको छ।
केहि दिन देखि नवलपरासी कांग्रेसमा ठुलो हलचल चलेको छ। चौधरीलाई हराऔं भनेर अल्लारे केटाहरूसँग बोलेको अडियो रेकर्डिंग बाहिरिएको तीन बर्षपछि बिक्रम खनाललाई कांग्रेसले कारबाही गरेछ । जुनबेला न कुवेलाको निर्णय हो र थोर बहुत चौधरीको इगो हट पनि हो । यस्को परिणाम खासै शुभ नहुन पनि सक्छ स्वयंम चौधरीको राजनीतिक यात्रा र नवलपरासी कांग्रेसलाई पनि। अन्तरघात गर्नेलाई उचित समयमा उचित कारवाही अनिबार्य छ। पार्टी संगठनमा सबैलाई अनुशसनमा बस्न आवश्यक छ। तर यो तीन बर्षपछि गरिएको कारबाही भने नितान्त बदलाको भाव हो । लोकतान्त्रिक पार्टीमा आन्तर्घात गर्नेलाई अनुशासनको कारबाही गरिन्छ बदला लिने गरिँदैन।
कतिपय जानकारहरू भन्छन् विनोद चौधरीलाई विक्रम खनालविरूद्ध यसो गर्नुपर्छ भनेर केन्द्रसम्म लबिङ् गर्न लगाउने र दबाब दिनेहरूले नितान्त आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्नेको लागी पनि अहिलेको कारबाहीलाई मुर्त रूप दिलाउन जोडदार माग गरेका थिए र सफल भए । आसन्न १५औ महाधिवेशनमा पार्टीमा आफ्नो प्रभाव नरहला भनेर पीरमा रहनेहरूको इच्छा पनि हो, यो बेला न कुबेलाको कारबाही । जुन धेरै कुरामा शक्तिशाली रहेका चौधरीलाई प्रयोग मात्र गरिएको पनि हुन सक्छ । हुन त चौधरी आफै पनि आफ्ना प्रतिद्वन्द्वीविरूद्ध बदला लिनमा माहिर भने हुन्। तर मेरो विचारमा एउटै राजनीतिक पार्टीभित्र बदला नै लिनूपर्ने गरि प्रतिद्वन्द्वी हुँदैनन् र छन् भन्ने सोच्नु पनि हुन्न। हुन त अनुसासित राजनीतिक संस्कार नबसेको हाम्रो जस्तो देशमा को राजनीतिक सत्रु र को मित्रु छुट्ट्याउनै कठिन छ।
दुवै पक्षसँग नजिक रहेकाहरूका अनुसार चुनाव ताका एउटा यस्तो समुह थियो खनाल र चौधरीलाई भेटाउनै खोजेनन् र भेटे पनि मिल्नै दिएन्न र मिल्न आवश्यक छैन नमिलेरै चुनाव जितिन्छ भनेर चौधरीलाई उकासे भने खनाललाई चौधरी जस्तो राजनीतिक ज्ञान नभएकालाई भेट्ने नै होईन भनेर रोक लगाए। खनाललाई तिम्रो टिकट खोस्ने चौधरीलाई भेट्दै नभेट भनेर कान फुक्न पनि पुगे।
चौधरीलाई नजिकबाट चिनेकाहरू भन्छन्, व्यापार होस् या राजनीति दुवैमा जब आफुलाई जित्नै र अरूलाई सकाउन पर्ने छ भने सोच मनमा आयो भने मात्र साम दाम दण्ड भेद सबै अपनाउन सक्छन् र जानेका छन् अनि गर्छन् पनि त्यहि। तर जुन हिजोको विक्रम खनाललाई गरिएको कारबाही भने उन्लाई केहि स्वार्थ समुहले सामदाम दण्डभेद प्रयोग गर्न उक्साएर गर्न बाध्य बनायो र सफल भयो । दुर्भाग्य त्यो निर्णय नवलपरासी कांग्रेस र स्वयंम चौधरी जीलाई पनि राजनीतिक रूपमा फाईदाजनक होईन त्यो पनि तीन बर्षपछि। यो समय त आगामी चुनावको लागी संगठनलाई अझ बलियो बनाउने बिगतमा भएका गल्ती कमजोरीहरूलाई एक आपसमा आत्मसात गर्ने र नयाँ सिराबाट अघि बढ्नुपर्ने समय हो । तर, नवलपरासी कांग्रेसमा चुनावी नजितापछि केवल अन्तरद्वन्द्व मात्र बढेको छ । हुन त महाधिवेशनमा आँफ्नो एकल पकड बनाउन पनि चौधरी आँफै कम्मर कसेर खनाललाई कारबाही गर्न लागेका पनि हून सक्छन्। पछिल्लो समय राजनीतिमा त्यो पनि कांग्रेसभित्र नहुने नचल्ने के नै छ र ?
विनोद चौधरी एक योग्य क्षमताबान पार्टी र देशकै लागी अति महत्वपूर्ण र आवश्यक व्यक्तित्व हुन् । त्यसैले उनले कांग्रेसमा राजनीतिक अवसर र साथ पाएका छन् । उनले कांग्रेसलाई नछोडेसम्म कांग्रेस र आम कार्यकर्ताले उनलाई स-सम्मान राख्ने नै छन्। त्यसैले उनले रोजेकै स्थानमा कांग्रेसले टिकट दियो र जीत हासिल गरे।
मेरो निजि बिचारमा ‘चौधरी हराऔं’ भन्ने विक्रम खनालको अडियो रेकर्डिंगले नवलपरासी कांग्रेसलाई झन एकबद्व र बलियो र जसै पनि चौधरी जिताउनु पर्छ भन्ने रूपमा आम कार्यकर्तालाई एक बनाएको थियो। र आज पनि खनालका अति निकट भनिएकाहरू र झन् बढी चौधरीको चुनावी क्याम्पियनमा प्राण नै बाजी लगाएर जिताउन खटेका थिए । त्यो बखत विक्रम खनालका निकटतम भनिएकाहरूलाई लागेको थियो कि यदि कदम कदाचित चौधरीले चुनाव हारे भने त्यसको दोष खनाललाई मात्र नलागेर आँफुहरू सबै र समग्र नवलपरासी कांग्रेसलाई पनि लाग्ने छ भन्ने थियो । फलस्वरूप अझ एकजुट भएर बै लागे र चुनाबी नतिजा हात पारे।
मेरो अनुभवमा नवलपुर- २ बाट चुनाव उठ्ने मनसाय बनाएका चौधरीलाई नवलपरासी लैजान ठुलो भुमिका हामीले खेलेका हौ भनेर दाबी गर्नेहरू बरू चौधरीले चुनावका बेला आँफुहरूलाई वास्ता नै नगरेको, कोर टीममा छिर्नै नपाएको आदी इत्यादि भनेर भित्रीरूपमा चौधरी हारून भन्ने मनसाय बोकेर बसेकाहरूले दोगलापन देखाएका थिए। जसो गर्दा पनि चौधरीले चुनाव जित्ने भए भन्ने परे पछि मात्र दोगलापन गर्नेहरू खुलेरै चौधरीको पछाडी लागेका थिए।
अनिवार्यरूपमा चौधरीले चुनाव जित्नु नै पर्छ यो कुनै व्यक्तिगत जीत हार होईन यो समग्र संगठनको जितहार हो र चौधरीलाई उम्मेदवारको रूपमा पाउनु नवलपरासीका जनताहरूको ईज्जत पनि हो भनेर लागेका आम कार्यकर्ताहरूको लगातारको मिहनेतका कारण ठुलो मतान्तरको बीचमा जीत भयो।
चौधरीलाई मैले नवलपरासी लगेको हो म नै सुत्रधार हो भनेर सोच्ने र चौधरी कसरी नवलपरासी चुनाव लड्न आए भनेर थाह नपाएकाहरूले अर्को बुझ्नु पर्ने अति सत्य कुरो चौधरीजीलाई नवलपरासी २ मा लैजाने मुख्य श्रेय नै हाल अन्तरघातको कारवाही भोगेका खनाललाई जान्छ।किनकी उन्ले नै आफ्नो अति निकटतमहरूलाई चौधरीको नाम सिफारिशमा पार्न ग्रीन सिंनल दिएका थिए फलस्वरूप उनि उम्मेदवार को दावेदार हुन पाए।नत्र तात्कालिन समयमा चौधरीको नाम नै सिफारिश पत्रमा नपार्न सक्ने क्षमता विक्रम खनाल र उन्को टीमले राख्दथ्यो।
मेरो बुझाईमा पछिल्लो चरण नवलपरासी कांगेस मात्र होईन देशै भरीका नेपाली कांग्रेसमा केही यस्ता झुण्डहरूको हाली मुहाली छ कि जुन अगाडी सधै चिटिक्क परे बस्ने र पछाडीबाट व्यक्ति होस या संस्थालाई सँधै घात गर्ने गर्दछन्। कुनै पनि संगठनमा अगाडी आएर खुलम-खुल्ला घात-प्रतिघात गर्नेहरूबाट बरू त्यति डराउनु पर्दैन जति बाहिर कोट पाईन्ट ढाका टोपी या टाईसुट लगाएर चिटिक्क पर्ने तर भित्र लुतो बोकेर हिड्ने हरू संग डराउनु र जोगिनु पर्छ। जुन कुरा म राजनीतिक प्राणी हु , म राजनीति गर्छु भन्नेले बुझ्न अनिबार्य छ।
१५ औ महाधिवेशन देखि चुनाव सम्म अब उति धेरै पर छैन। यो वेला कसैले कसैलाई रोक्ने छेक्ने भन्दा पनि राजनीतिक बाटोलाई खुल्ला छोडेर स्वच्छ प्रतिस्पर्धा गर्नु पर्ने हो तर लहै लहैमा लागेर संगठन बनाउने भन्दा तोड़ने तरखरमा हुनेहरूलाई राम राम बाहेक अरू भन्न सकिएन्।एक ध्रुव सत्य कुरो भने आसन्न महाधिवेशन पुर्व विक्रम खनाललाई कारबाही गरियो भने महाधिवेशनमा आँफ्नो टीमको वर्चस्व हुन्छ भन्ने स्वार्थ क्षेत्र जिल्ला प्रदेश देखि केन्द्र सम्मको स्वार्थ समुहको चाहाना पनि हुन् सक्छ। जुन चाहाना ८४को चुनावको लागी राम्रो भने होईन। बैकल्पिक शक्तिको रूपमा आएको रास्वपाको संगठन बलियो हूदै गएको नवलपरासीमा चौधरी कण्डेल र खनालको लडाईले ८४ को चुनावमा नवलपरासीमा कांग्रेसको अबस्थालाई यसै भन्न सकिने अबस्था नहुन पनि सक्छ।
अन्त्यमा देशको राजनीतिमा बलेको आगो ताप्नेहरूको जमात बढेको अहिले होईन र यो अझ अलि लामै समय रहन्छ। आगो ताप्नेले बुझ्नु पर्ने कुरा भनेको यो छ कि आगोले ताप मात्र नदिएर जलन पनि दिन्छ । आगे केन्द्र कांग्रेस प्रदेश र नवपरासी कांग्रेस र त्यस्का नेता कार्यकर्ताहरू ले मनन गर्ने कुरा हो।
