बौंदीकालीमा एमालेबाट ओझा सर्वसम्मत् सिफारिस



नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी स्थानीय तहका लागि बौंदीकाली प्रमुखको उम्मेदवारका लागि प्रकाश ओझालाई सर्वसम्मत् सिफारिस गरेको छ ।

पार्टीको पालिका अध्यक्ष समेत रहेका युवा नेता ओझा पछिल्लो समय युवाहरुको ढुकढुकी बन्दै गाउँमा नै बसेर राजनीति गर्दै आएका छन् । त्यस्तै उपप्रमुखमा भने डिलकुमारी सारूको नाम सिफारिस भएको छ ।

नवलपुरको विकट पालिकाको रुपमा परिचित बौंदीकालीको विकासका लागि पुरानो पुस्ताबाट नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने माग उठीरहेको बेला ओझाको सिफारिसबाट बौंदीकालीबासीमा उत्साह समेत बढेको बाैंदीकाली एमालेका एक कार्यकर्ता बताउँछन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी र अन्य राजनीतिक दलबाट भने बौंदीकालीमा उम्मेदवारको टुंगो लागिसकेको छैन ।

उता एमालेले युवा उम्मेदवार उठाएपछि नेपाली कांग्रेसमा पनि दबाब बढेको देखिएको छ । नेपाली कांग्रेसबाट पालिका अध्यक्षका लागि भेषराज श्रेष्ठ, केबी राना, डिल्लीराम राना, पुरुषोत्तम पाण्डे र वर्तमान उपाध्यक्ष मायादेवी श्रेष्ठको नाम चर्चामा रहे पनि निर्णय भने भइनसकेको जनाइएको छ ।

यसअघिका पालिका अध्यक्ष दुर्गाबहादुर रानाले यसपटक उम्मेदवारी नदिने पक्का भएसँगै कांग्रेस अन्याैलमै रहेको छ ।