

स्थानीय तह निर्वाचनमा जुट्यो कांग्रेसः ‘गाउँ/नगर समितिहरूको भूमिका ठूलो छ’

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित घरदैलो अभियानबारे जानकारी दिनका लागि एक कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्म आङ्देम्बेलगायतको उपस्थितिमा पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनको तयारी बारे पार्टीको धारणा राखेका थिए ।
महतले आगामी स्थानीय निर्वाचनका लागि सातै प्रदेशका लागि केन्द्रीय प्रतिनिधि मनोनयन गरिएको पनि बताए । त्यस्तै महतले प्रदेश कमिटीहरुले केन्द्रको कार्यक्रमलाई असर नपर्ने गरि आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न पाउने पनि बताए ।
उक्त अवसरमा महतले पार्टीको जितका लागि सबैभन्दा ठूलो भूमिका भनेको गाउँपालिका, नगरपालिका, वडा समिति र टोल समितिको रहने बताए । केन्द्रीय प्रतिनिधि र जिल्ला प्रतिनिधिहरु प्रत्येक जनताको घर दैलोमा पुग्न असम्भव हुने भएकोले गाउँ/नगर समितिहरुले घर दैलो अभियानमा तदारुकता देखाउनुपर्ने पनि महतले बताए ।
त्यस्तै निर्वाचन घोषणापत्र पनि समयमै तयार गर्नका लागि निर्देशन र अपेक्षा राखेका पनि महतले बताए ।
त्यस्तै विधानअनुसार टोलसमिति गठन गर्ने काम सुरू भएको जानकारी दिँदै महतले १ महिनाभित्र उक्त कामको पूर्णता दिने पनि बताए ।न