

नवलपुरसहित १६ जिल्लाको कांग्रेस अधिवेशन पुस २७ मा

काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लामा अधिवेशन गर्ने मिति तोकेको छ । यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो । सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो ।
महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो । प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो ।
गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।