छोराको न्वारानकै दिन सांसद बनिन् रञ्जु दर्शना
काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शना विजयी भएकी छिन् ।
उनले १५ हजार ५ सय ५५ मत प्राप्त गर्दै विजयी भएको जनाइएको छ । उनका प्रतिद्वन्द्वीका रुपमा नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा रहेका छन् भने रविन्द्र मिश्र तेस्रो भएका छन् ।
मतगणनाको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।
रास्वपाका अनुसार दिउँसो १२ः३० बजेदेखि धन्यवाद जुलुस निकालिने पनि जनाइएको छ ।
केही दिनअघि आमा बनेकी रञ्जुको छोराको आज न्वारन रहेको छ ।
