नेपाल पूर्व सशस्त्र प्रहरी संघको नवनिर्मित भवनको शुभारम्भ
पोखरा । नेपाल पूर्व सशस्त्र प्रहरी संघ गण्डकी प्रदेश तथा जिल्ला शाखा कास्कीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको संघका संरक्षक एवं संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले मंगलबार उद्घाटन गरेका हुन् ।
भवन निर्माणको लागि सप्रबल कल्याणकारी सेवा केन्द्र, विभिन्न स्थानमा रहने भूपूहरुको ब्यक्तिगत रुपमा सहयोग स्वरुप उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणको लागि प्रदेश संघका अध्यक्ष पूर्व डिआईजी कविन्द्रमा श्रेष्ठ, जिल्ला अध्यक्ष गणेश बहादुर थापा, पूर्व सप्रबउ चित्र बहादुर केसी, पूर्व सप्रनाउ शालिकराम अधिकारीको मुख्य भूमिका रहेको थियो ।
उक्त भवनको समुद्घाटन कार्यक्रममा आईजी अर्यालले भवन निर्माण कार्यमा सहयोग गर्ने पूर्व सशस्त्र प्रहरीहरु, स्थानीय समाजसेवीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै पूर्व सशस्त्र प्रहरीहरु संगठनका लामो ज्ञान, अनुभव र दक्षता आर्जन गरेका जनशक्ति भएकोले ठूलो शक्ति भएको र उक्त शक्तिलाई सदैव संरक्षण गर्ने र त्यसबाट संगठन मात्र नभै देशकै लागि समेत उपयोगी हुने धारणा राखे । भूपूहरु मिलेर निर्माण भएको भवनबाट कार्यालय संचालन गरि प्रदेश भरिका भूपू हरुलाई एकताबद्ध तुल्याउन अझ सहजता मिलोस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा पूर्व संघका केन्द्रीय अध्यक्ष पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा, निजामती कर्मचारी परिषदका गण्डकी प्रदेश संयोजकलगायतले शुभकामना दिएका थिए पूर्व संघ गण्डकी प्रदेश अध्यक्ष पूर्व डिआईजी कविन्द्रमान श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा पूर्व संघका बरिष्ठ उपाध्यक्ष सुवोध कुमार अधिकारी, नम्बर ४ बाहिनीपति सप्रनामनि दिपेन्द्र शाह, सशस्त्र प्रहरी बल एकेडेमीका कार्यकारी निर्देशक पुरुषोत्तम थापा, पूर्व बरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार भट्टचन, तालिम शिक्षालयका समादेशक उद्वव न्यौपाने, सहायक बाहिनीपति टोप बहादुर खनाल, पूर्व सैनिक संघका अध्यक्ष प्रमुख सेनानी डिल्ली बास्तोला, गणपति वसन्त बहादुर सिंह, अरुण तिमल्सिना, तथा प्रदेश भरिका जिल्ला अध्यक्षहरु, भवनलाई सहयोग गर्ने समाजसेवी काशी प्रसाद सुवेदी, समाजसेवी राजेश ढुंगाना, सशस्त्र प्रहरी महिला संघका सदस्यलगायतको उपस्थिति रहेको थियो । भूपू संघको भवन निर्माणको लागि नम्बर ४ बाहिनी तथा कालिका गणका दक्ष जनशक्तिको ठूलो योगदान रहेको थियो ।


