काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबहाक बस रामेछापको सेलेघाटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मङ्गलवार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो । मन्थली नगरपालिका स्थित सेलेघाटमा भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला छन् ।  ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर खुर्कोट स्थित सामुदायिक अस्पतालमा पठाएको छ ।

उद्धारकार्यका लागि विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर दुर्घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *