नेपाल लाइफले गर्यो मंसिर महिनाको सबैभन्दा धेरै प्रथमबीमा शुल्क संकलन



काठमाडौं । मंसिर महिनाको प्रथमबीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथमबीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथमबीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्कआर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।

जीवनबीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो । कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो । जुन अभियान (क्याम्पियन) ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ ।

जीवन बीमाको विश्वसनीयता तथा जीवनबीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि “नेपालकै नं. १”अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अभियान मार्फत कम्पनीलाई यस उचाईँसम्म पु¥याउन सकिएको जानकारी दिए ।

हरेक सुचकको अब्बलतालाई कायम गर्दै नेपाललाइफ अगाडि बढ्दै आएको छ । जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रष्ट पार्दछ । आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु ११८.७६ अर्बको सर्वाधिक जीवन बीमाकोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु ७.१९अर्बको सर्वाधिक चुक्तापुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाललाइफ जीवनबीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।