

प्यूठानबाट नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’सुरु

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवनबीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ ।
सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।
सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास छ ।
बीमा क्षेत्रको नियमनकारी निकायबीमा समितिको निर्देशनअनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।