

पूर्णिमाको हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं – नेपाल लाइफले बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्न लागेकी पूर्णिमा श्रेष्ठसँग सहकार्यको सम्झौता गरेको छ ।
गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । पेशाले फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ वटा हिमालहरु चढि सकेकी छिन् ।
अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर गरियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे भने श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् ।