जि.एच. इन्टरप्राइजेजले ल्यायो विद्यार्थीका लागि आकर्षक ‘अफर’

१२ कपि किन्दा ४ कपि र १ प्याकेट कलम सित्तैमा



चितवन । नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना अभियान सुरु हुँदैछ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु हुन लागेको हो।

यसै संकल्पलाई मध्यनजर राख्दै चितवनको नारायणगढमा सञ्चालित जिएच इन्टरप्राइजेजले विद्यार्थी लक्षीत आकर्षक अफर ल्याएको छ।

‘कलेज तथा स्कुल अध्ययन गरेका भाई बहिनी का लागि एक दर्जन कपी किन्दा चारवटा कपि र एक प्याकेट कलम सित्तैमा भन्ने अफर ल्याएका छौ,’ संचालक बलराम घिमिरे बताउँछन्।यसको अलावा विद्यार्थीहरुले खरीद गरीएको कपिको मात्रा हेरेर अन्य  थप  उपहार प्रदान गरिने योजना रहेको बताए।

यस प्रकारको योजनाले विद्यार्थी तथा अभिभावकलाई कपि, कलम तथा स्टेसनरी सामग्री खरिदमा टाउको दुखाउनु पर्ने झन्झट न्यूनीकरण हुने विश्वास लिइएको छ। नारायणगढ शहीद चोक देखी  ५० मिटर अगाडी बेलचोक जाने सडक मार्गमा रहेको यस ईन्टरप्राईजेजको यो योजना वैशाख महिनासम्म हुने जनाइएको छ । यस अफरले बिद्यार्थी तथा अभिभावक मा नयाँ उत्साह र जाँगरका बढने विश्वास लिइएको सञ्चालक घिमिरे बताउँछन् ।