

सेनाले माग्यो पण्डीतदेखि फोटोग्राफरसम्म, कुन पदका लागि कति ? (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि २६०० जनाका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनौट शाखाका अनुसार प्राविधिक /हवाई तथा विभिन्न सेवाका पदक तथा विल्लादारहरुका लागि दरखास्त आह्वान गरिएको हो ।
सूचनाअनुसार सेनामा रिक्त रहेको पण्डीतदेखि फोटोग्राफरसम्मका लागि दरखास्त आह्वान गरिएको छ ।
त्यसका साथै सैन्य पदका लागि पनि माग गरेको छ ।
सूचनाअनुसार नर्सिङ, कम्प्युटर, प्रचार प्रसार, छापाखाना, रेडियो मेकानिक्स, सर्भे, ब्यान्ड, एभिएसन स्टोरलगायतका विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरिएको हो ।
सूचनाः