

नेपाल फिसरिज टेक्निसियन एशोसिएनको साधारण सभा हुँदै

चितवन – नेपाल फिसरिज टेक्निसियन एशोसिएन (नेफ्टा)को वार्षिक साधारण सभा आज हुँदैछ ।
चितवनको भरतपुरस्थित कृषि विकास कार्यालयको सभाहलमा हुन लागेको साधारणसभा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
नेफ्टाले साधारणसभाका लागि सम्पूर्ण सदस्यहरुलाई सदस्यता नविकरण गरी समयमै उपस्थित हुनका लागि अनुरोध गरेको छ ।
साधारणसभामा संस्थाले आगामी वर्ष गर्ने कार्ययोजना प्रस्तुत गर्नुका साथै गत आवमा गरेका कार्यहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउनुका साथै उत्कृष्ट मत्स्य व्यवसायीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।