

कांग्रेस सभापतिमा फेरि देउवा

काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो पटक निर्वाचित बनेका छन् । डा।शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन ।
१४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको निर्वाचनमा खसेको चार हजार ६ सय २३ मतमध्ये देउवाले दुई हजार सात सय ३३ मत ल्याएर विजयी भएका हुन् ।
प्रतिस्पर्धी शेखर कोइरालाले जम्मा १८५५ मत ल्याए । त्यस्तै ३५ मत भने बदर भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणमा तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रोचरणमा देउवालाई समर्थन गरेका थिए । पहिला देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ मत ल्याएका थिए ।