पौडेललाई फाले देउवाले अर्को पासा !

'भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्नेछ’

काठमाडौं – सभापतिमा कसैको पनि बहुमत नआएपछि शीर्षस्थानका प्रत्यासी शेरबहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेका छन् ।

पौडेलले आयोजना गरेको चियापानमा पुगेका देउवाले रामचन्द्र पौडेललाई लक्षित गर्दै, तपाईं हामी सबैको नेता हो, भोलिका दिनमा तपाईले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्नेछ,’ भनेको चियापानमा सहभागी पौडेल नजिकका एक कार्यकर्ताले बताए । उनका अनुसार देउवाले पौडेललाई भावी राष्ट्रपतिको पदप्रति लक्षित गर्दै उक्त कुरा बताएका हुन् । ती कार्यकर्ताले भने, ‘चुनाब हारेपछि फकाउन आएर राष्ट्रपतिको लोभ देखाउने ?, क्या गज्जब छ राजनीति !’

चियापानमा देउवा पुगेपछि पौडेल पक्षीय कार्यकर्ताहरुले देउवाविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा देउवाले ‘व्यक्तिको विरुद्धमा नलागौं, अहिलेको परिस्थिति भनेको पार्टीलाई एकीकृत गराउनु पहिलो कर्तव्य हो,’ भनेका थिए ।

उक्त अवसरमा पौडेललाई देउवाले राजनीतिमा सक्रिय रहन समेत अनुरोध गरे ।

पहिलो चरणमा ५१ प्रतिशतसहितको बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन अघि देउवा पौडेल निवास मत माग्न गएका थिए । पहिलो चरणको मतगणनानसकिँदै सभापतिका प्रत्यासी प्रकाशमान सिंहसँग वार्ता गर्न बालकृष्ण खाँणलाई खटाएका देउवाले दोस्रो चरणका प्रत्यासीमध्ये विमलेन्द्र निधि र सिंहमध्ये एक जनाले समर्थन गरेमा देउवाले स्पष्ट बहुमत ल्याउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *