

बौंदीकाली नेपाली कांग्रेस १३८ बुँदे संकल्पसहित चुनावी मैदानमा

नवलपुर । पूर्वी नवलपुरको पहाडी गाउँपालिका बौंदीकालीको पालिका कार्य समितिले आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस बौंदीकालीले विभिन्न १३८ बुँदा समेट्दै निर्वाचनमा होमिएको छ ।
सुगम जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा परिचित बौंदीकाली पछिल्लो समय विकासको गतिमा बढि रहे पनि आधारभूत आवश्यकताबाट बञ्चित रहेको छ । गण्डकी प्रदेश पोखरादेखिको करिब २ घन्टाको दूरीमा रहेको भए पनि अहिलेसम्म पनि बिजुलीबत्तीबाट बञ्चित बौंदीकालीबासीको पहिलो आवश्यकताका रुपमा देखिएको छ ।
गत स्थानीय तह निर्वाचन पनि नेपाली कांग्रेसले बहुमत स्थान हात पारेको बौंदीकालीलाई नमूना पालिका बनाउने लक्ष्यसहित युवा नेता केबी रानाको नेतृत्वमा निर्वाचनमा होमिएको छ । ६ वडा रहेको बौंदीकालीमा नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखसहित ३ वटा वडामा जित हात पारेको थियो । तर यसपटक भने युवा र लोकप्रिय उम्मेदवार भएको हुनाले बौंदीकालीमा सबै वडासहित प्रमुख र उपप्रमुखमा जित हात पार्ने कांग्रेस नेतृत्वले दाबी गरिरहेका छन् ।
यसपटक बौंदीकालीबाट नेपाली कांग्रेसबाट केबी राना पालिका प्रमुखमा र धनकान्ती घिमिरे (हिरा) उपप्रमुखमा उम्मेदवार बनेका छन् । त्यस्तै वडाध्यक्षहरूमा वडा नं. १ मिथुकरमबाट टोल नाथ कण्डेल, २ डेढगाउँबाट हेम राज ओझा, ३ रकुवाबाट कुल बहादुर ठाडा, वडा नं. ४ रूचाङबाट मन बहादुर सारू, वडा नं. ५ नरमबाट ओम बहादुर अस्लामि र वडा नं. ६ बबकबाट खुम बहादुर सारू चुनावी मैदानमा रहेका छन् ।
घोषणापत्रः