देश दाैडाहामा देउवा, आज जनकपुर, तनहुँ र बुटवल जाँदै



काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्षस्त नेता चुनावी कार्यक्रममा क्रियाशील रहने भएका छन् । केही दिनअघिदेखि सामूहिक आमसभामा सरिक रहँदै आएका नेताहरू चुनावनजिकिएसँगै झनै क्रियाशील भएका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि आमसभा देखिदै आएका छन्। आम सभामा कम मात्र देखिने देउवा यसपटक दैनिक आमसभामा क्रियाशील हुँदैछन्। गत बिहीबार देउवाले चितवनको भरतपुरमा आमसभामा सरिक भए।

उनीसहित सत्ता गठबन्धनका नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा एकीकृत–समाजवादीका अध्यक्ष माधव नेपालसमेतको उपस्थिति सोही कार्यक्रममा थियो। शुक्रबार(हिजो) तिनै नेताहरूले काठमाडौँमा आमसभामा देखिए। उनीहरूले कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी एवं काठमाडौँ महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको क्षेत्रमा कार्यक्रममा सहभागी बने। आज शनिबार पनि प्रधानमन्त्री देउवा चुनावी कार्यक्रममा व्यस्त रहनेछन्। उनले आज तीन जिल्लाको कार्यक्रममा सहभागी हुनुपर्ने छ।

प्रधानमन्त्री देउवा आज बुटवलको सभा सकेर उनी तनहुँको दमौली पुग्नेछन्, त्यसपछि धनुषाको जनकपुरमा हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा सहभागी हुने सभामा कांग्रेसका अन्य नेताको समेत साथ रहनेछ।

शनिबार बुटवलको सभामा रामचन्द्र पौडेल र गगन थापा लगायतका नेताले सम्वोधन गर्नेछन्। तनहुँको सभामा रामचन्द्र पौडेल र डा प्रकाश शरण महतले साथ दिनेछन्। वैशाख २५ गते पोखरामा हुने सभामा प्रधानमन्त्री देउवाका साथमा रामचन्द्र पौडेल, धनराज गुरुङ र जीवन परियार लगायतका नेताले बोल्ने कार्यक्रम छ। सोही दिन तुल्सीपुरमा हुने सभालाई प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र किशोरसिंह राठौर लगायतका नेताले सम्वोधन गर्ने कांग्रेसको सचिवालयले जनाए।

जनकपुरको सभामा प्रधानमन्त्री देउवाका साथमा रामचन्द्र पौडेल, भीष्मराज आङदेम्बे, महेन्द्र यादव लगायतका नेताहरु हुनेछन्।वैशाख २६ गते प्रधानमन्त्री देउवाले कैलालीको धनगढीमा हुने कार्यक्रमलाई सम्वोधन गर्नेछन् भने २७ गते आफ्नो गृहजिल्ला डडेलधुराको कार्यक्रमलाई सम्वोधन गरेपछि प्रधानमन्त्रीको चुनाव प्रचार अभियान सकिनेछ।