

सभापति र महामन्त्री हारेका गुरुङ र पौडेल बने कांग्रेस केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय सदस्यमा थप ३ जनालाई मनोनित गरेका छन् ।
देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
गुरुङ सभापतिमा पराजय भएका थिए भने पौडेल महामन्त्रीमा पराजित भएका थिए । त्यस्तै शाही भने सहमहामन्त्रीमा पराजित भएका थिए ।
यसअघि देउवाले शनिबार रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायत महाधिवेशनमा पराजित र निर्वाचनमा सहभागी नभएका गरी १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।