

अन्तेष्टीका लागि शव लिएर जाँदै गरेको बस दुर्घटना हुँदा पाल्पामा ७ को मृत्यु

पाल्पा । पाल्पामा अन्तेष्टीका लागि शव लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म बस उठाउन नसकिएकोले घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।