

बाग्लुङमा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

बाग्लुङ । बागलुङको काठेखोला गाउँपालिका–१, पालामा जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नम्बरको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७, सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१, रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् । घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
जीपमा सातजना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस