मेघा मेडिकल सेन्टरः अबदेखि सुन्दर नगरी बुटवलमा बरिष्ठ चिकित्सकहरुको सेवा एकै ठाउँबाट

विदेश जानेहरुलाई परिक्षणपछि होलोग्रामसहितको मेडिकल रिपोर्ट



बुटवल । लुम्बिनी प्रदेशको बुटवलस्थित मैत्रीपथमा वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परिक्षणका लागि मेडिकल सेन्टर खुलेको छ ।

बुटवल उपहानगरपालिका वडा नं. ६ स्थित मैत्रीपथमा सञ्चालनमा आएको मेघा मेडिकल सेन्टर प्रा.लि.ले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परिक्षण गरी होलोग्रामसहितको रिपोर्ट उपलब्ध गराउने पनि जनाइएको छ ।

मेडिकलले पाल्पा, रुपन्देही, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाहरुबाट वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई स्वास्थ्य परिक्षणकै लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै बुटवलमै सुविधा सम्पन्न र स्तरीय ल्याबसहित सेवा सञ्चालन गरेको सञ्चालक हरि अधिकारीले जनाए ।

साथै मेडिकलमा यसका अलावा स्वास्थ्यसम्बन्धी विभिन्न सेवाका साथै उपचार हुने पनि जनाइएको छ ।

अधिकारीका अनुसार मेडिकलमा मुटुरोग, बालरोग, हाडजोर्नी, महिला तथा प्रसुती रोगका बरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य सेवा लिन सकिने पनि छ ।

क्लिनिकमा बरिष्ठ मुटुररोग विशेष डा. रोशन घिमिरेसँग प्रत्येक दिन बिहान र साँझ सेवा लिन सकिने जनाइएको छ भने बरिष्ठ बालरोग विशेषज्ञ डा. विपिन खनाल पनि दैनिक स्वास्थ्यसेवाका लागि उपलब्ध हुनेछन् । साथै बरिष्ठ हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा. संजीव आचार्य र बरिष्ठ महिला तथा प्रसुती रोग विशेषज्ञ डा. अस्मिता पन्थ पनि उपलब्ध हुने जनाइएको छ ।