सांसद चौधरीको पहलपछि यसरी द्रुतगतिमा अघि बढ्दैछ हुलाकी सडक निर्माणको काम (फोटोफिचर)



नवलपरासी । तराईको सडक सञ्जालको लाईफलाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालित दुई ठुला निर्माण योजनाको कामले गति लिएको छ । विभिन्न सडकको निर्माण कार्यले लामोसमयदेखि  गति लिन नसकेको अवस्थामा यस क्षेत्रका नवनिर्वाचित सांसद विनोद चौधरी गरेको पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले  कामलाई तिब्रता दिएका हुन् ।

जस अनुसार नारायणचोकदेखी त्रिवेणी जोड्ने रानीनगरसम्मको सडक करिव १५ मिलोमिटर सडक साथै बेलाटारीदेखी कठहवासम्मको करिव ९ किलोमिटर सडक उन्नतीका कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ  ।

सांसद चौधरीले आयोजनावारे  चासो व्यक्त गरेर  सडक बिभागका महानिर्देशक  हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्तु— नवलपरासी सडक खण्डका आयोजना प्रमुख र तथा निर्माण कम्पनीसँग कुरा गरेर कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि दुवै योजनाको कामले द्रुतगति लिएको हो  ।

No description available.

लामो समयसम्म काम रोकिएर अलपत्र परेको योजना सांसद चौधरीको पहलपछि दुवै आयोजनाको कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिए ।

नारायणचोकदेखी त्रिबेणी जोड्ने रानीनगरसम्मको करिव १५ किलोमिटर सडक स्तरोन्नतीको काममा करिव ४७ वटा कल्भर्ट बन्नेछन् भने सडकमध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ ।  हाल करिव ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निर्माण कम्पनी ब्रज गुरु र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरोउन्नती गर्न निमार्ण गर्ने जिम्मा पाएको थियो  ।

No description available.

यसैगरी बेलाटारीदेखी कठहवा  सडकखण्डको करिव ९ किलोमिटर सडक स्तरोन्नतीको काममा करिव ८ वटा कल्भर्ट बन्नेछन् । हाल करिव ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी कन्टेक प्रालिले कुल २७ करोडको लागतमा उक्त सडक निमार्ण गर्ने जिम्मा पाएको थियो  ।

तीन बर्ष देखी बन्न सुरु गरेपनि खासै काम हुन सकेको नसकेको उक्त सडकखण्डको निर्माण नवनिर्वार्चित सांसद चौधरीले तत्काल पहल गरेपछि सडक निर्माणको कामले गति लिन लागेको प्रतापपुर २ गोपीगञ्जका भजन प्रसाद चौधरीले बताए । सांसद चौधरीको उक्त पहल कदमीलाई स्थानीयबासि खुशी भएको पनि चौधरीले बताए ।

दुवै योजनाहरुलाई काम तिब्र रुपमा अघि बढाउन निर्माण कम्पनी तथा सकारी निकायबाट काम अघि बढाईएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख विण्णुदेव पाण्डेले जानकारी दिए ।