चौधरी फाउन्डेशनको सहकार्यमा निःशुल्क सिपमूलक तालिम



नवलपरासी । महिलाहरूलाई स्वरोजगार गराउने उद्देश्यका साथ निःशुल्क सिलाई कटाई तालिम शुरू भएको छ। नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका वडा नम्बर  १४ , १५ र १६ का महिलाहरूलाई लक्षित गरि शुरू गरिएको  सिलाई-कटाई तालिम कार्यक्रमको  एक कार्यक्रमबीच सुरू भयो ।

स्थानीय महिलाहरूलाई उद्यमशील र स्वावलम्बी गराउने उद्देश्यले शुरू गरेको कार्यक्रम चेतना महिला कृषि सहकारी संस्था लि.  गंगाबस्ती बर्दघाट प्रमुख आयोजक रहेको छ भने  सामाजिक तथा सहयोगी संस्था चौधरी फाउन्डेशन र  बर्दघाट नगरपालिका वडा नम्बर १४  र १६ ले  सहयोग प्रदान गरेका छन् ।

उद्धाटन कार्यक्रम  बर्दघाट नगरपालिकाका  वडाहरू  १४ र १६ का  वडाअध्यक्षद्वय  सन्तु गाहा मगर,भीमकाजी गुरूङ, चौधरी फाउन्डेशनका सचिव सारिका चौधरीको मुख्य उपस्थितिमा सम्पन्न भएको थियो कार्यक्रमको उद्घाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शम्भुलाल श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा तीनै वटा  वडाका केही कार्यपालिका सदस्य सहित अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

समुद्घाटन कार्यक्रम चेतना महिला कृषि सहकारी लि.का अध्यक्ष कमला पराजुली तिवारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संस्थाका सचिव शान्ती जिसीले सञ्चालन गरेकी थिइन् ।

संस्थाका अध्यक्ष कमला पराजुलीका अनुसार सिलाई कटाई तालिममा १८२ जना महिला सहभागी हुँदैछन्  भने  प्रशिक्षार्थीहरूलाई  स्थानीय  प्रशिक्षक योगमाया गुरूङ्गले प्रशिक्षण दिने जनाइएको छ ।

समारोहमा उपस्थिति भएकी प्रशिक्षार्थी  निरमाया  चौधरीले यस्तो सिपमुलक तालिममा सहभागी हुन पाएकोमा खुसी भएको बताउॅदै आयोजक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद दिईन्। त्यस्तै स्नातक तह उत्रिण गरेर पनि सोचे अनुसारको काम नपाएर बसेकी वडा नम्बर १४ कि रूपा ढकाल यस किसिमको तालिमले खुसी भएको र यसै खाले तालिमबाट राम्रो सीप सिकेर व्यवसायिक रूपमा सिलाई कटाईमा लागेर आत्मनिर्भर बन्न प्रेरणा दिएको समेत बताइन् ।

अन्य  प्रशिक्षार्थीहरू  ३१ बर्षिय सुमित्रा ज्ञावली , वडा नम्बर  १५ कि मन्जु नेपाली र  वडा नम्बर १६ कि पनिता चुहानले पनि सहयोगी संस्थाहरूलाई धन्यवाद दिंदै घर दैलोमा आएर यस खाले तालिम विशेषत महिला दिदीबहिनीहरुलाई दिएकोमा अति खुसी लागेको बताए।

कार्यक्रमलाई संशोधन  र शुभकामना दिंदै वडा अध्यक्षहरू  सन्तु गाहा मगर  र भीम काजी गुरूङ्गले यस्तो कार्यक्रमलाई ऑफ्नो वडाहरूले सहयोग गर्न पाएकोमा खुसी जनाउदै आगामी दिनमा पनि चौधरी फाउंडेशन संग मिलेर बिभिन्न खाले कार्यक्रम गर्ने ईच्छा भएको जनाए।साथै सहभागी सबैलाई राम्रोसॅग सीप सिकेर व्यवसायीकरण गर्न पनि सुझाव दिए।

नगरप्रमुख तथा उक्त  कार्यक्रमका प्रमुख अतिथि शम्भुलाल श्रेष्ठले सिलाईकटाई तालिममा प्रथम हुनेलाई आकर्षक उपहार नगरपालिकाको तर्फबाट दिने बताउदै भने, ‘म सधै नगरबासीको साथमा रहेर विभिन्न खाले  सीपमुलक तालिमहरूलाई  बढाउन सहकार्य गर्नेछु ।’ उनले यस कार्यक्रम शुरूवात गरेकोमा चेतना महिला कृषि सहकारी लि. वडा तथा सहयोगी संस्था चौधरी फाउन्डेशनलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूलाई शुभकामना दिॅदै फाउन्डेशनकी सचिव सारिका चौधरीले केहि दिन अघिदेखि मात्र पनि फाउन्डेशनले नगरकै वडा नम्बर २ मा सिलाई कटाई तालिम दिई रहेको र अन्य कार्यक्रम पनि गरेको जानकारी गरॉउदै आगामी दिनमा पनि फाउन्डेशन सदा नवलपरासीका महिला दिदीबहिनी तथा यहॉका जनताहरूको साथ रहने बताइन् ।

चौधरी फाउन्डेशनले यस कार्यक्रमको लागी आवश्यक सिलाई मेशिन  तथा प्रशिक्षक सहयोग गर्न लागेको छ भने  सम्बन्धित वडा र चेतना महिला कृषि समुहले अन्य आवश्यक ब्यबस्थापन गर्ने छ।

कार्यक्रमकी अध्यक्ष तथा चेतना महिला कृषि संस्था लि. की अध्यक्षले आफ्नो संस्था मुख्य आयोजक भएर यस्ता खाले कार्यक्रम गर्न पाएकोमा  खुसी जनाउँदै तालिममा सहभागी महिलाहरूलाई खाजा आवश्यक सिलाई कपडा कैची तथा अन्य सामग्री संस्थाले उपलब्ध गराउने बताइन । उनले बर्दघाट नगरपालिका, वडाहरू र चौधरी फाउन्डेशनलाई सहकार्यका लागि धन्यवाद दिइन् ।