

सेनाको जागिर छाडेर रुसी सेनामा पुगेका स्याङ्जाका अर्यालले गुमाए ज्यान

काठमाडौं । रुसी सेनामा कार्यरत स्याङ्जाका एक युवकको मृत्यु भएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी रहेका स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको जनाइएको छ ।
युक्रेनसँगको युद्धमा अर्यालको १२ पुसमा मृत्यु भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले अर्यालको मृत्यु भएको खबर आफन्तलाई दिएको हो ।
नेपाली सेनामा ३ वर्ष जागिर गरेपछि उनी करिब दुई महिनाअघि दुबई हुँदै रुस गएका थिए ।