सेनाका दर्जनबढी जर्नेलको सरूवा, काे-कहाँ पुगे ?

काठमाडौं । नेपाली सेनाले एक दर्जनभन्दा बढी एकतारे जर्नेल (सहायक रथी) हरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। चैत ११ गतेदेखि लागू हुने गरी १३ जना सहायक रथीलाई नयाँ जिम्मेवारीमा खटाइएको हो।

प्राप्त विवरणअनुसार नम्बर २५ बाहिनी अड्डाका सहायक रथी भूवनपूर्ण सत्याललाई पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ। सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयका रामकाजी थापालाई सोही निर्देशनालयमा कायम मुकायम दिँदै निमित्त निर्देशक बनाइएको छ।

त्यस्तै पश्चिम पृतना हेडक्वार्टरका निमित्त निर्देशक राजेन्द्र श्रेष्ठलाई शोध तथा विकास निर्देशनालयमा निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ भने नम्बर २३ बाहिनी अड्डाका अर्जुन खड्कालाई सैनिक अभिलेखालयमा निमित्त अभिलेखालयपति बनाइएको छ।

नम्बर ६ बाहिनी अड्डाबाट सहायक रथी सुवासजंग थापालाई सैनिक तालिम महानिर्देशनालयमा सरुवा गरिएको छ भने नम्बर ३ बाहिनी अड्डाका अमृतकाजी गुरुङलाई सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।

पूर्वी पृतना हेडक्वार्टरका युवराज कार्कीलाई वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा निमित्त निर्देशक बनाइएको छ भने नम्बर २६ बाहिनी अड्डाका निर्जलबहादुर अधिकारीलाई असवाव निर्देशनालयको निमित्त निर्देशक तोकिएको छ।

यस्तै, शोध तथा विकास निर्देशनालयका सन्तोष कार्कीलाई नम्बर ३ बाहिनी अड्डामा निमित्त वाहिनीपति, असवाव निर्देशनालयका उज्वल राणालाई नम्बर ६ बाहिनी अड्डामा निमित्त वाहिनीपति तथा मध्य पृतना हेडक्वार्टरका बिजितराज रेग्मीलाई नम्बर २५ बाहिनी अड्डाको वाहिनीपति बनाइएको छ।

उपत्यका पृतना हेडक्वार्टरका विजय केसीलाई नम्बर २३ बाहिनी अड्डामा निमित्त वाहिनीपति तथा सैनिक अभिलेखालयका भीमशंकर वनलाई नम्बर २६ बाहिनी अड्डामा निमित्त वाहिनीपतिको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *