सेनाका १७ जर्नेलको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । नेपाली सेनाका १७ सहायक रथी (एकतारे जर्नेल) को सरुवा भएको छ ।
नेपाली सेनाका अनुसार आज (आइतबार) बाट लागू हुने गरी सरुवा गरिएको हो ।
सरुवा सूचीअनुसार पवन खत्री चिफ अफ स्टाफ निर्देशनलय सुदूरपश्चिम पृतनामा सरुवा भएका छन् भने दिलविक्रम सुब्बा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा भएका छन् ।
त्यस्तै अनुपविक्रम राणा अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमा सरुवा हुँदा रामकाजी थापा सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा सरुवा भएका छन् ।
को—कहाँ पुगे ?

