रूसी सेनामा कायर्रत थप ३ नेपालीको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । यससँगै हालसम्म रूसी सेनामा कार्यरत रहेका १० नेपालीले ज्यान गुमाइसकेका छन् ।
मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावासले बताएको छ ।
रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको छ ।
रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ ।