नेपाली सेनाका १५ जर्नेलहरुको जिम्मेवारी व्यापक हेरफेर, को–कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाली सेनाले आन्तरिक रुपमा व्यापक सरुवा गरेको छ । सैनिक मुख्यालय स्रोतका अनुसार जंगी अड्डालेगत बिहीबारदेखि लागू हुनेगरी १५ जना जर्नेल (उपरथी) हरुको सरुवा गरेको हो ।

उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए ।

सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरेर सैनिक सामग्री प्राप्ती निर्देशनालयमा काज लगिएको छ ।

यस्तै कृष्णबहादुर जिसीलाई मध्य पश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सैनिक ब्याटल स्कूलको शिक्षाधिकृतमा, सन्तोषराज पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निर्देशक र पदमबहादुर बुढालाई नेपाली सैनिक ब्याटल स्कूलबाट नम्बर १५, बाहिनी अड्डामा बाहिनीपतिको जिम्मेवारी दिइएको छ । ध्रुवप्रकाश शाहलाई सैनिक सचिव विभागबाट वीरेन्द्र अस्पतालको प्रशासन रजिष्ट्रार बनाइएको छ ।

टिकाराम गुरुङलाई सैनिक सचिव विभागबाट युद्धकार्य निर्देशनालयको निर्देशक, दिपेशजंग शाहलाई नम्बर ५ बाहिनी अड्डाबाट सैनिक सचिव विभाग (अतिरिक्त समूह) मा राखेर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा काज खटाइएको छ ।

यस्तै नम्बर ७ बाहिनी अड्डाका लीलाबहादुर खनाल क्षेत्रीलाई सैनिक तालिम महानिर्देशनालयमा, मोहन क्षेत्रीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट सैनिक इन्टेलिजेन्स निर्देशनालयमा, सैनिक तालिम महानिर्देशनालयका रत्नबहादुर गोदारलाई चरक बाहिनीको बाहिनीपति र चरक बाहिनीका राजेन्द्रमणि गिरीलाई नम्बर २८, बाहिनी अड्डाको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी नम्बर २८ बाहिनी अड्डाका सहायक रथी सानुकाजी थापालाई सैनिक तालिम महानिर्देशनालय, पूर्वी पृतना हेडक्वार्टरका रञ्जित थापालाई सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयको निर्देशक र नम्बर ६ बाहिनी अड्डाका रामचन्द्र कार्कीलाई मानवअधिकार निर्देशनालयको निर्देशकमा सरुवा गरिएको समाचार जनआस्था साप्ताहिकले छापेको छ ।

क्र.सं. नाम जिम्मेवारी के र कहाँ ?
योगराज शर्मा व्यवस्था, नीति तथा योजना विभाग, विभागीय प्रमुख
प्रकाश देउजा पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टर
कृष्णबहादुर जिसी नेपाली सैनिक ब्याटल स्कूल, शिक्षाधिकृत
सन्तोषराज पाण्डे नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, निर्देशक
पदमबहादुर बुढा नम्बर १५, बाहिनी अड्डा, बाहिनीपति
ध्रुवप्रकाश शाह वीरेन्द्र अस्पताल, प्रशासन रजिष्ट्रार
टिकाराम गुरुङ युद्धकार्य निर्देशनालय, निर्देशक
दिपेशजंग शाह सैनिक सचिव विभाग (अतिरिक्त समूह)
लीलाबहादुर खनाल क्षेत्री सैनिक तालिम महानिर्देशनालय
१० मोहन क्षेत्री सैनिक इन्टेलिजेन्स निर्देशनालय
११ रत्नबहादुर गोदार चरक बाहिनी, बाहिनीपति
१२ राजेन्द्रमणि गिरी नम्बर २८, बाहिनी अड्डा, बाहिनीपति
१३ सानुकाजी थापा सैनिक तालिम महानिर्देशनालय
१४ रञ्जित थापा सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय, निर्देशक
१५ रामचन्द्र कार्की मानवअधिकार निर्देशनालय, निर्देशक