कांग्रेस सभापति देउवा र  माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच राष्ट्रियसभाको भागबन्डाका लागि छलफल



काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनबारे नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको छ।

बालुवाटारमा अहिले बिहान भएको छलफलमा सिट बाँडफाँटका विषयमा दुई दलका शीर्ष नेताहरु बीच छलफल भएको हो।

छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेको जनाइएको छ ।

त्यस्तै माओवादी केन्द्रका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी रहेको जनाइएको छ ।