

विनोद चौधरीसहित कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित
प्रथम राष्ट्रपति यादवका छोरा पनि विजयी

काठमाडौं । नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् ।
मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् ।
४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका चौधरीले २२०६ मत प्राप्त गरेका छन् ।
तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत प्राप्त गरेका छन् । चन्द्रमोहन नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।
खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।