नेपाली सेनाका ११४ मेजरको सरूवा, को-कहाँ पुगे ?



काठमाडाैं । नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुन (सोमबार) देखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।

सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार्की नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, खेम बहादुर क्षेत्री शोध तथा विकास महानिर्देशनालय, पदम बहादुर खड्का गौरीबक्स गण, सिद्धार्थ मोक्तानको नं.१ सैन्य तालिम केन्द्रमा सरुवा भएको छ ।

यस्तै, प्रकाश जंग थापाको सैनिक हवाई म.नि., पश्चिम एयरवेश, प्रशासन तथा व्यवस्थापन शाखा, अरुण थापा उपत्यका कमाण्ड विशेष ईन्ट शाखा, गौरव कार्की सिद्धिदल गण, मनोज थापा मगर सैनिक नियम पालक (प्रोभोष्ट मार्शल), पूर्वी कमाण्ड सैनिक प्रहरी, निक्सन देवकोटा विनायकदल गण, आनन्द अधिकारी वीरदल गण, मनोज खड्का नं.३ बाहिनी अड्डा, धिरेन्द्र चन्द ठकुरीको राजदल गणमा सरुवा भएको छ ।

सेनानीहरु हरिहरध्वज शाहको नयाँ गोरख गण, प्रेम बहादुर तामाङको गौरीबक्स गण, जेनिथ जबेगु नं.९ बाहिनी अड्डा, पुकार शाह पश्चिम कमाण्ड हे.क्वा., रामचन्द्र कटुवाल चण्डी प्रसाद गण, हरि श्रेष्ठ नन्दाबक्स गण, विकास कुँवर सबुज गण, सुरेन्द्र बहादुर कार्की चण्डीदल गण, तीर्थराज गौतम नं.२ जगदल गण, बलदेव गिरी पुरानो गोरख गण, मुकेश कार्कीको श्रीजंग गणमा सरुवा भएको छ ।

सेनानीहरु मिलन कुमार जोशीको अति विशिष्ट व्यक्ति सुरक्षा बल, ईन्द्रबहादुर शाहीको सैनिक नियम पालक (प्रोभोष्ट मार्शल) पश्चिम कमाण्ड सैनिक प्रहरी, विनोद रिजाल नं.२३ बाहिनी अड्डा, निसित वर सिंह थापा नेपाली सैनिक व्याटल स्कुल, सुरेशराज सिंखडा रणभीम गण, नरबहादुर विष्ट गोरखदल गण, सरोज सिल्वाल भीमदल गण, सन्दीप के.सी. भगवतीदल गण, अशोक रेग्मी नेपाली सैनिक वार कलेज, प्रवेश मेयाङ्गबो लिम्बू नन्दाबक्स गण, प्रमोद पौड्याल उपत्यका कमाण्ड हे.क्वा. एमरल्ड जंग रोकायाको साईवर सुरक्षा निर्देशनालयमा सरुवा भएको छ ।

यस्तै, सेनानीहरु हरिहर गिरीको शान्ति कार्य निर्देशनालय, मन्जु खड्का गोरख बहादुर गण, विश्वास विष्ट मध्य कमाण्ड हे.क्वा., रत्न बहादुर श्रेष्ठ अति विशिष्ट व्यक्ति सुरक्षा, सृष्टि खड्का पूर्वी पृतना तालिम शिक्षालय, सुरेश के.सी. नं.१ सैन्य तालिम केन्द्र, शीतल थापा मध्य कमाण्ड हे.क्वा., सन्तोष ढुंगेल नयाँ गोरख गण, मनोज पराजुली थापा मध्य पूर्वी पृतना तालिम शिक्षालय, रेनु शाह मध्य पूर्वी पृतना तालिम शिक्षालय, रुविका चन्दको बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा सरुवा गरिएको सेनाले जनाएको छ ।

सेनानीहरु शान्ति गुरुङ्गको गोरखनाथ गण, कृति देवान नं.७ बाहिनी अड्डा, कृति राजभण्डारी सैनिक कमाण्ड तथा स्टाफ कलेज, अम्बिका चालिसे रा.से.दल पूर्वी तालिम शिक्षालय, सुजन गुरुङ्ग श्वेततारा मण्टेश्वरी स्कूल, प्रकाश खड्का गुरुबक्स गण, सुकदेव उपाध्याय सैनिक संगठन निर्देशनालय, प्रद्युम्न शाह विशेष फौज बाहिनी, अक्षत सिंह आर्टिलरी तालिम शिक्षालय, सुमन बिष्ट सैनिक इन्टेलिजेन्स कोर, निर्मल दाहाल रणशार्दूूल गण, गकुल राज भण्डारीको नं.१८ बाहिनी अड्डामा सरुवा गरिएको छ ।

सेनाको सूचनाअनुसार सेनानीहरु ईश्वरकुमार बस्नेतको काली बहादुर गण, विक्रम अधिकारी पुरानो गोरख गण, मनोज ढुङ्गेल नं.५ बाहिनी अड्डा, राजेन्द्र सिंह नेपाली सैनिक प्रतिष्ठान, बिना बिष्ट नं.२४ बाहिनी अड्डा, हरि बोगटी पशुपतिप्रसाद गण, उपेश प्रताप राणा युद्धकवच गण, रामकाजी कुमाल उपत्यका कमाण्ड हे.क्वा., नरेश खड्का जबरजंग गण, अनोज महत गुणस्तर नियन्त्रण महाशाखा, प्रकाश सुत्पराई राना नं.१ वन तथा पर्यावरण सुरक्षा, ऋषिकेश न्यौपाने (उपाध्याय) चण्डीदल गण, राजु पौडेल सैनिक सामग्री प्राप्ति निर्देशनालय, हरिबहादुर श्रेष्ठ गौरीबक्स गण, यलुङ्ग हाङ्ग राई ई.ओ.डि. होल्डिङ्ग युनिट, ईश्वरी ठकुरी उपत्यका पृतना तालिम शिक्षालय, मधुसूदन श्रेष्ठ रणशेर गण, रवि जोशीको सैनिक ईण्टेलिजेन्स शिक्षालयमा सरुवा भएको छ ।

सेनाका अनुसार सेनानीहरु कृष्ण केसीको युद्धकार्य निर्देशनालय, प्रकाश बिष्ट नं.२६ बाहिनी अड्डा, राजकुमार गिरी गोरखबक्स गण, कृष्णप्रसाद पन्त भैरवीदल गण, माधव खड्का पश्चिम कमाण्ड हे.क्वा., दीपेन्द्र प्रसाद सिंह नं.२७ बाहिनी अड्डा, टीका सिंह बिष्ट महावीर गण (रेञ्जर), रमेश थापा सैनिक स्वास्थ्य महानिर्देशनालय, प्रकाश श्रेष्ठ विनायकदल गण, अमित थापा आपूर्ति तथा परिवहन गण, दुर्गा थापा सूचना कार्य (ईन्फो अप्स) र दीपक बस्नेतको नं.२६ बाहिनी अड्डामा सरुवा गरिएको छ ।

सेनानीहरु चन्द्रप्रकाश उप्रेतीको भीमदल गण, निर्मल बम विपद् व्यवस्थापन निर्देशनालय, प्रभात किरण श्रेष्ठ बरख गण, पार्वती थापा नं.२ सैन्य तालिम केन्द्र, सुदीप बस्नेत विष्णुदल गण, उमेश ढुंगाना ज्वालादल गण, कल्याण सिल्वाल भवानीदल गण, सुनिल राउत राष्ट्रिय सेवा दल, दिनेश भण्डारी देवीदत्त गण, बिलिना मल्ल नं.१ सैन्य तालिम केन्द्र, विवेक कार्कीको प्रकृति संरक्षण शिक्षालय, सहदेव सिल्वालको गोरखनाथ गणमा सरुवा गरिएको छ ।

सेनानीहरु पवन गौतमको पशुपति प्रसाद गण, विद्या अधिकारी मध्य पृतना तालिम शिक्षालय, उर्मिला केसीको वीरदल गण, निमेष पन्थी नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, सुदीप कुमार तामाङ्ग सैनिक तालिम महानिर्देशनालय, सन्तोष श्रेष्ठ नेपाली सैनिक प्रतिष्ठान, अनिल राई उपत्यका कमाण्ड हे.क्वा., आरती नगरकोटी नं.१ राजदल गण, मीनबहादुर सोडारी रणशार्दुल गण, दलबहादुर रावल जगदल गण, सरादेवी तामाङ्ग नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सरुवा गरिएको सेनाले जनाएको छ ।