

संखुवासभामा यात्रुबाहक बस दुर्घटना, १० को मृत्यु

खाँदबारी । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
खाँदबारीबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबहाक बस आज बिहान करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको छ, घाइतेहरूको उद्धारकार्य जारी छ,’ डिएसपी लालध्वज सुवेदीले भने ।
सुवेदीका अनुसार बस घुम्तीबाट करिब साढे ३ सय मिटर तल खसेर जंगलको बीचमा अड्किएको छ । घटनामा घाइतेको संख्या यकिन हुन भने नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार कार्य गरिराखेको पनि जनाइएको छ ।