

होली पर्व सुरु, पहाडमा चैत ३ र तराईमा चैत ४ मा सार्वजनिक बिदा

काठमाडौं – फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली आजदेखि सुरु भएको छ । राजधानीको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व शुरू भएको हो ।
बसन्तपुरमा बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको थियो ।
चीर ठड्याइसकेपछि नेपाली सेनाको गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो ।
आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याई दाह गरेपछि होली समाप्त हुन्छ ।
यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिने गर्दछ ।