

सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक (भिडियो)

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा चाडपर्व लक्षित विभिन्न गीतसङ्गीत बजारमा भित्रिने क्रम बढ्दो छ ।
यस्तैमा दसैँको माहौलको वर्णन गरिएको सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक भएको छ ।
रोमान्टिक लोक शैलीमा तयार गीतले देशको सशस्त्र पल्टनमा दसैँको माहौलले मनमा हर्ष खुसी छाएको वर्णन गरेको छ ।
गीतमा चाडपर्वमा घर जान नपाए पनि पल्टनमा रमाइलो गर्दै मनाउनुपर्ने कुरा भनिएको छ । गायक सागर आले मगर र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीतका शब्द नरेश एमसीले कोरेका हुन् । ऋषि खड्काको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन केशव बाबुको छ ।
गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा सशस्त्र पल्टन भित्र दसैँमा आफ्नो सिनियरबाट टिका थापेपछि नाचगान चलनलाई चित्रण गरिएको छ । भिडियोमा नरेश एमसी, वर्षा ठकुरी, विष्णुराम भण्डारी, अञ्जली अधिकारी लगायत थुप्रै सशस्त्र प्रहरी जवानको नृत्य देख्न सकिन्छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन तथा नवीन घर्ती मगरको सम्पादन छ ।
भिडियोः