सशस्त्र आईजी राजु अर्याल अमेरिका, एआईजी पाैडेललाई जिम्मेवारी



काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्याल अमेरिका प्रस्थान गरेका छन् ।

अर्याल यही असोज २७ देखि ३० गते (अक्टोवर १४ देखि १७) सम्म संयुक्त राज्य अमेरिकाको San Diego California मा संचालन हुन गइरहेको International Association of Chiefs of Police (IACP) Conference मा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाइ गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) शम्भु सुवेदी समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले सम्हाल्नेछन् ।