

रवि लामिछानेकै चितवनका पूर्व जिल्ला अध्यक्षले छाडे रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
चितवन जिल्लाका रास्वपाका पुर्व सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गरेका हुन ।
आजपाका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।
उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ बर्ष देखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रुपमा परिचित रहेका छन ।
विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।