

कृषक र व्यवसायीका लागि सिंगराही मटियर्वा सपिङ कम्प्लेक्स उत्कृष्ट थलो बन्छः मेयर चौधरी

लहान । लहान नगरपालिका—१ मटियर्वामा नगरपालिकाबाट निर्मित सिंगराही मटियर्वा शपिङ्ग कम्प्लेक्स भवनको उद्घाटन गरिएको छ । बिहीबार आयोजित विशेष कार्यक्रमका बीच नगरपालिका प्रमुख महेश चौधरीले उक्त भवनको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा मेयर चौधरीले कम्प्लेक्सको सदुपयोग गर्दै नगरका किसानहरुले व्यवस्थित रुपमा व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने जनाएका छन् । उक्त अवसरमा चौधरीले सपिङ कम्प्लेक्सका कारण उपभोक्ता एवं व्यवसायीहरुले एकैठाउँबाट सबै सुविधा पाउन सक्ने भएको बताएका छन् ।
उक्त अवसरमा लहान नगरपालिकाभित्र निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही संरचनाहरुलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि अनुरोधसमेत गरेका छन् । उनले निर्माणाधीन अवस्थामा रहेको एक विद्यालयको भवन यथाशीघ्र निर्माण सम्पन्न गरेर उक्त विद्यालयलाई बोर्डिङ स्कुल बराबरको शिक्षा दिने गरी सञ्चालन गरिने लक्ष्य रहेको समेत बताए ।
साथै उक्त अवसरमा मेयर चौधरीले सुन्दर लहानको परिकल्पना गर्दै अस्पतालमा देखिएका समस्यालाई निराकरण गर्न नगरपालिकाको पूर्ण सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।