

रोटरी क्लब अफ तीनकुने काठमाडौंले गर्यो ‘मेम्बरसिप अभिमुखीकरण’ कार्यक्रम

काठमाडौं । रोटरी क्लब अफ तीनकुने काठमाडौंले आफ्ना सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरमा शनिबार आयोजित मेम्बरसिप अभिमुखीकरण कार्यक्रममा रोटरियन मञ्जु कार्की र राजेन्द्र शाक्यले सहभागीहरुलाई रोटरीको इतिहास, उद्देश्यहरुका विषयमा जानकारी दिएका थिए ।
क्लबका चार्टड प्रेसिडेन्ट तिलकप्रसाद तिवारीको अध्यक्षतामा सुरु भएको अभिमुखीकरण कार्यक्रममा क्लबका संस्थापक सदस्यहरुका साथै रोटरीसम्बन्धी ज्ञान हासिल गर्न चाहने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा रोटरियन कार्कीले रोटरीका आधारभूत सिद्धान्तका साथै रोटरीको स्थापना, नेपालको रोटरी क्लबहरुको अवस्थामा बारेमा जानकारी दिएकी थिइन् ।
त्यस्तै अर्का रोटरियन शाक्यले रोटरीले विश्वमा गरेका सामाजिक कार्यका साथै रोटरी क्लबका प्रेसिडेन्टदेखि सदस्यहरुसम्मका दायित्वबारे सहभागीहरुलाई जानकारी गराएका थिए । उक्त अवसरमा रोटरी क्लबका विभिन्न पदमा रहेका चेयरहरुको अधिकार, भूमिका र दायित्वबारे पनि प्रकाश पारिएको थियो ।
उक्त तालिमले नवप्रवेशी रोटरियनका लागि अत्यन्त लाभदायक भएको क्लबका सदस्यहरुले जनाएका छन् । उक्त कार्यक्रम ललितपुरको जावलाखेलस्थित फ्युचर स्टार स्कूलको सभाहलमा सम्पन्न भएको थियो ।