रोटरी क्लब अफ त्रिपुरेश्वरकी अध्यक्ष शर्माद्वारा धन्यवाद ज्ञापन
कठमाडौं । रोटरी क्लब अफ त्रिपुरेश्वरकी रोटा वर्ष २०२४-२५ की अध्यक्ष रोटरियन लता बराल शर्माले रोटा वर्ष २४-२५ लाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष-परोक्ष रुपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेकी छिन् ।
शनिवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष शर्माले एक वर्षको कार्यकाल अभूतपूर्व रुपमा सफल भएको भन्दै सहयोगी हातहरुप्रति आभार प्रकट गरेकी हुन् ।
रोटा वर्षको अन्तिम वैठक तथा धन्यवाद ज्ञापन समारोहमा वर्षभरि विभिन्न तरिकाले सहयोग गर्ने क्लबभित्रका संस्थापक अध्यक्ष, सदस्य, बोर्ड सदस्य, क्लब पदाधिकारी, क्लब सदस्य र क्लबइतरका रोटरियन तथा ननरोटरियनलाई अध्यक्ष शर्माले सम्मान समेत गरेकी छन् ।
शर्माले एक वर्षको दौरानमा समुदायको सेवामा पूर्ण रुपमा समर्पित गर्ने कोशिश आफुले गरेको बताईन् । उनले समुदायको सेवामा लाग्दै गर्दा प्राप्त भएको आत्मसन्तुष्टि अमूल्य भएको भन्दै रोटरी क्लब अफ त्रिपुरेश्वरको गौरबपूर्ण विरासतमा एक नयाँ अध्याय थपिएको विश्वास व्यक्त गरिन् ।
‘एक वर्षको अध्यक्षको रुपमा नेतृत्व गर्दै गर्दा ममा नेतृत्व क्षमताको विकास त भयो नै सँगसँगै समुदायको सेवामा आउदा दिनमा अझ सघन रुपमा लाग्ने प्रेरणा समेत प्राप्त भएको छ । रोटरी यात्रामा आगामी दिनमा अझ गम्भीरताका साथ लाग्ने उर्जा मिलेको छ, यो उर्जा थपिदिने क्लबभित्र र बाहिरका सबै महानुभावहरुमा म कृतज्ञ छु,’ शर्माले भनिन् ।


