रोटरी क्लब अफ तिनकुनेद्वारा वृक्षारोपण

काठमाडौं – रोटरी क्लब अफ तिनकुने काठमाडौंले वृक्षारोपण गरेको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले साउन १० अर्थात् जुलाई २६ लाई रोटरी ट्री प्लान्टेशन डेको रुपमा मनाउने गरेको निर्णयसँगै रोटरी क्लब अफ तिनकुने काठमाडौंले पनि शनिबार वृक्षारोपण गरेको हो ।

क्लबले कीर्तिपुर नगरपालिकाको कीर्तिपुर अस्पताल परिसरस्थलमा वृक्षारोपण गरेको हो । उक्त अवसरमा विभिन्न १ सय ५० भन्दा बढी विरुवा रोपिएको क्लबका प्रेसिडेन्ट तिलक प्रसाद तिवारीले जनाए ।

May be an image of 5 people and tree

कीर्तिपुर नगरपालिका वडा नं. २ स्थित उक्त स्थलमा गरिएको वृक्षारोपणमा स्थानीय जनप्रतिनिधि, क्लबका पदाधिकारी र स्थानीयहरुसहित ७० भन्दा बढीको उपस्थिति रहेको थियो ।

कीर्तिनगर महिला जागृति मञ्च र वडा कार्यालयसँगको सहकार्यमा सम्पन्न गरिएको उक्त वृक्षारोपण कार्यक्रम डिस्ट्रिक्टको योजनाअनुसार एकैदिन ५० हजार विरुवा रोप्ने अभियानअनुसार आयोजना गरिएको हो ।

उक्त अवसरमा क्लबकी इन्भारोमेन्ट चेयर एवं बागमती प्रदेश सभाकी सदस्य भारती पाठकले वृक्षरोपण कार्यक्रममा सहकार्य र सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी थिइन् ।

साथै पाठकले विरुवा लगाउनुमात्र उपलब्धी नभएको बताउँदै यसको संरक्षणका लागि कीर्तिनगर महिला जागृति मञ्चले लिएको दायित्वप्रति आभार व्यक्त गरेकी थिइन् ।

May be an image of 10 people and temple

Leave a Reply

Your email address will not be published. Required fields are marked *