रकुवा स्वास्थ्य केन्द्रलाई राप्रपा प्रदेश अध्यक्ष गुरूङले दिए अक्सिजन कन्सन्टेटर



नवलपुर – पूर्वी नवलपुरको पहाडी गाउँपालिका बौंदीकाली गाउँपालिकास्थित रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँलाई एक थान अक्सिन कन्सन्टेटर सहयोग प्राप्त भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टि गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरूगले रकुवा प्राथमिक स्वास्थ्य कैन्द्र बौंदीकाली–३ डेढगाउँलाई अक्सिजन कन्सन्टेटर सहयोग गरेका हुन् । पछिल्लो समय कोरोना संक्रमणका साथै नयाँ भाईरस ओमीक्रोनको जोखिम बढेसँगै नवलपुरको दुर्गम गाउँका स्थानीयबासीलाई केही हदसम्म भए पनि सहयोगी सिद्ध हुने आकांक्षाका साथ आफूले कन्टसन्टेटर सहयोग गरेको गुरुङले बताए । गुरुङले आइतबार केन्दका बरिष्ठ अहेब मेखबहादुर ठाडालाई हस्तान्तरण गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा व्यवस्थापन समितिका सदस्यद्वय उज्वल ओझा, नारायणप्रसाद ओझाका साथै राप्रपा नवलपुरका जिल्ला अध्यक्ष विष्णु अधिकारी पनि उपस्थित रहेका थिए ।

उक्त कन्सन्टेटर सहयोगका लागि राप्रपा बौंदीकालीका अध्यक्ष महेन्द्र बोहोरा र जिल्ला अध्यक्ष अधिकारीको सहजीकरण गरेका थिए ।