

प्रेस युनियन नवलपुरद्वारा केन्द्रीय अध्यक्ष लम्सालसहित ५ सम्मानित

नवलपुर । नेपाल प्रेस युनियन नवलपुरले पत्रकारिता क्षेत्रका ५ व्यक्तित्वलाई सम्मानित गरेको छ । नवलपुरको कावासोतीमा आयोजित एक विशेष कार्यक्रममा युनियन नवलपुरले नवनिर्वाचित केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, केन्द्रीय सदस्यद्वय घनश्याम बगाले, कृष्णकुमारी ढकाल र पत्रकारितामा विद्यावारिधि गरेका डा. भूमिराज चापागाईंलाई सम्मानित गरेको हो ।
सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले नेपाल प्रेस युनियन सदैव श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको बताए । उनले श्रमजीवी पत्रकारहरुको हक अधिकारको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता ब्यक्त गर्दै यसका बिरुद्द कसैसँग सम्झौता नगर्ने बताए । प्रेस युनियन कांग्रेसको शुभेच्छुक सस्था भएको उल्लेख गर्दै अध्यक्ष लम्सालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुलाई स्वतन्त्र तवरले काम गर्न कांग्रेसले छुट दिनु पर्ने बताए ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व डा भुमिराज चापागाईंले पत्रकारिता क्षेत्रलाई जनताले सबै भन्दा बढी बिश्वास गर्ने बताए । उनले जनताको बिश्वास लाई केन्द्रमा राखेर पत्रकारले सन्तुलित भएर काम गर्नु पर्ने बताए । चापागाईंले नेपाली कला तथा सस्कृतीको संरक्षणमा रेडियोको भुमिका बिषयमा बिद्यावारिधी उपाधी प्राप्त गरेका हुन् ।
कार्यक्रममा प्रदेश सांसद ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका कार्यबाहक सभापति चन्द्रबहादुर राना, उपसभापति, बालकृष्ण घिमिरे, सचिब होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष नकुल अर्याल, सम्मानित व्यक्ति भुमिराज चापागाईं, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेललगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।