

जंगली च्याउ खाँदा तनहुँ धयरेकी सुनिमायाको मृत्यु, १० गाउँले बिरामी

तनहुँ । जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत चैत १८ गते जंगलमा च्याउ खोज्न गइ घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो ।
बिरामीमध्ये सुनिमायाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । च्याउ खाँदा दस जना स्थानीय बिरामी भएका थिए ।