नेपाली सेनाले माग्यो वेटरदेखि उपप्राध्यापकसम्मको ६९ जना कर्मचारी

काठमाडौं । नेपाली सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले वेटरदेखि उपप्राध्यापकसम्मका लागि आवेदन खुला गरेको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ।

आजदेखि १५ दिनभित्रमा इच्छुकले आवेदन दिन सक्नेछन्।

लेखा, सूचना प्रविधि सहायक र चिकित्सा शिक्षा महाविद्यालय भण्डारखालका लागि उपप्राध्यापक र कलेज अफ मेडिकल पोलिटेक्निकका लागि उपप्राध्यापक दुई र सहायक प्राध्यापक दुई जना आवश्यक परेको उल्लेख छ।

यस्तै नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङका लागि उपप्राध्यापक तीन, भान्छे र कुचीकार एकेक जना आवश्यक परेको छ।

सैनिक आवासीय महाविद्यालय भक्तपुर र धरानका लागि शिक्षक र प्रिन्सीपलसमेत आवश्यक परेको सूचनामा उल्लेख छ। सैनिक आवासीय महाविद्यालय पोखराका लागि दुई जना वेटरसमेत आवश्यक परेको छ।

यस्तै माली, औषधि वितरक, पियनलगायत पदमा पनि दरखास्त खुला गरिएको छ।

सेनाले विभिन्न पदमा ६९ जना माग गर्दै दरखास्त खुला गरेको हो। वैशाख १५ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *