सशस्त्रद्वारा चितवनको बाढीमा फसेका १० जनाको उद्धार

चितवन — अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आउँदा डुबानमा परेका चितवनका १० जना नागरिकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

भरतपुर महानगरपालिका–१६ स्थित झनझने (गुम्बाचोक) मा नारायणी नदीको बहाव बढेर स्थानीय ३ वटा घर डुबानमा परेका थिए। बाढी घरभित्र पसेपछि घरको छतमा शरण लिएर बसेका १० नालाई आइतबार बिहान करिब १०:३० बजे सुरक्षित स्थानमा सारिएको हो।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट खटिएको सुरक्षाफौजले रबरबोटको प्रयोग गरी उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अविरल वर्षाका कारण नारायणी नदी किनारका क्षेत्रहरूमा जोखिम बढेकाले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *